रेबिज लागेर छात्राको मृत्यु, विद्यार्थीलाई सचेत

१ फागुन २०८०
मकवानपुरगढी–४, कुसुमटारका जीवन महर्जनकी ६ वर्षकी छोरी मनु महर्जनको रेबिज लागेर मृत्यु भएको छ । मकवानपुरगढी स्वास्थ्य शाखा प्रमुख ध्रुव लामिछानेले मंसिर २५ गते कुकुरले टोके पनि समयमा उपचार नहुँदा बालिकाको फागुन २ गते विहान काठमाडौंको टेकुस्थित सरुवारोग अस्पतालमा मृत्यु भएको पुष्टि गरेका हुन् ।
घरमा पालिएको कुकुरले खेलिरहेका बेला उनलाई टोकेको थियो । कुकुरको टोकाइपछि घरमा नै पालेको कुकुर हो भनेर सुई नलगाइ राखिएकी बालिका बिरामी भएपछि परिवारले हेटौंडा अस्पताल–भरतपुर अस्पतालमा हुदै काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पताल पु¥याएको थियो ।
उनमा चिकित्सकले रेबिजको लक्षण प्रमाणित गरेका थिए । उनको उपचारका क्रममा कुकुरले टोकेको ६२ दिनपछि मृत्यु भएको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना बताए । उनी हेटौंडा–५ मा अवस्थित जेनिथ इन्टरनेसनल स्कुलको कक्षा नर्सरीमा अध्ययनरत् छात्रा हुन् । उनीस“ग एउटै कक्षामा अध्ययनरत् सम्पूर्ण विद्यार्थी र बसमा यात्रा गर्ने विद्यार्थीलाई सचेत गरिसकिएको र सम्भावितलाई सुईका लागि विद्यालय तयार अवस्थामा रहेको विद्यालय स्रोतले जनाएको छ ।

रेबिजविरुद्ध भ्याक्सिन सहयोग
मकवानपुरगढी गाउपालिकामा कुकुरलाई लगाइने २ सय डोज रेबिजविरुद्ध भ्याक्सिन सहयोग प्राप्त भएको छ । पशुसेवा कार्यालय मकवानपुरले मकवानपुरगढी गाउँपालिकालाई २ सय डोज खोप हस्तान्तरण गरेको हो । जिल्ला पशुसेवा कार्यालय हेटौंडा प्रमुख ब्रजकिशोर ठाकुरले मकवानपुरगढी गाउँपालिका अध्ययक्ष दोर्जे लामास्यांतानलाई खोप हस्तान्तरण गरे । घरपालुवा वा सामुदायिक कुकुरले कुनै पनि व्यक्तिलाई टोकेमा रेबिजबाट जोगाउन पशुसेवा कार्यालयले खोप व्यवस्था गरेको पशुसेवा कार्यालय प्रमुख ठाकुरले बताए ।
गाउपालिका अध्यक्ष स्याङ्तानले पशुसेवा कार्यालयले दिएको भ्याक्सिन गाउपलिका भित्रका घर पालुवा र सामुदायिक कुकुरहरुलाई लगाउने तर त्यसका लागि करिव पाँच भ्याक्सिन लाग्ने बताए । आबस्यक खोपको लागि पालिकाले पहल गर्ने भन्दै अध्यक्ष स्यांतानले यस्तो रोगबारे जनचेतना फैलाएर रेबिजबाट बच्न सबैले आ आफ्नो ठाउँबाट भुमिका खेल्नु पर्ने बताए ।
रेबिज शत्प्रतिशत प्राणघातक रोग हो । त्यस कारण यो जनस्वास्थ्यमा ठूलो खतरा र चिन्ताको विषय बनेको छ । तर, सबभन्दा महत्वपूर्ण कुरा के हो भने रेबिज शत्प्रतिशत रोक्थाम गर्न सकिने रोग पनि हो । यसका लागि रेबिजसम्बन्धि जनचेतना उच्च हुनु जरुरी छ । नेपालमा करिब २ सय बिरामीको रेबिजका कारण वर्षेनी मृत्यु हुने तथ्यांक छ । यस्तो रोगबारे जनचेतना फैलाएर केही हदसम्म त्यो संख्या न्यूनीकरण गर्न सकिने प्रमुख ठाकुरले बताउनु भयो ।
यस रोग भाइरस (लिसा) बाट हुन्छ । सुरुमा जनावरको ¥यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभएर छालामुनिको भित्री तन्तु र मांसपेशी हु“दै परिधिय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । गिदीमा संक्रमणपछिमात्र विशेष लक्षणहरु देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस ¥याल ग्रन्थी, छाला, आखाको कोर्निया र अन्य अंगहरुमा पुग्दछ । र, यस्ता संक्रमित जनावरले टोक्दा ¥याल ग्रन्थीमा भएको भाइरस फेरि अर्को जनावरको शरीरमा प्रवेश गर्दछ ।
रेबिज रोगविरुद्ध सचेतना
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा शुक्रबार रेबिज रोगविरुद्ध सचेतनामूलक कार्यक्रममा भएको छ । जिल्ला पशुसेवा कार्यालय मकवानपुर प्रमुख ठाकुरको सभाध्यक्षतामा भएको कार्यक्रमा मकवानपुरगढी गाउँपालिका अध्यक्ष स्यांतानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा नम्बर–३ का अध्यक्ष भागवत् घिमिरे, वडा नम्बर–४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुनप्रसाद दाहाल, रानी सामुदायिक बन उपभोक्ता समूह अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक बन उपाध्यक्ष उमेश अधिकारी, मकवानपुरगढी गाउ“पालिका पशुशाखा प्रमुख सत्यनारायण शाह, साना किसान कृषि सहकारीसंस्थाकी अध्यक्ष निर्मला लंसाल ,मनकामना दुग्ध उत्पादक सहकारी संस्था व्यवस्थापक शशि लम्साल र डा। मदन भण्डारीलगायतको उपस्थिति थियो ।

Flash News Slide Uncategorized अर्थ राजनीति समाचार स्थानीय