सहकारी संजालले ४ हजार ६ सय केजी तरकारी बिक्री गर्यो , उपभोक्ता भन्छन् हाम्रो भागै पुगेन

तरकारी प्याकिङ गर्दै जिल्ला सहकारी संघ मकवानपुरका कार्यक्रम संयोजक शिवहरी दाहाल लगायत सहकारीकर्मीहरु

हेटौंडा । सहकारी संजालको संयोजनमा मकवानपुर जिल्लाको उत्तरी क्षेत्र बज्रबाराही , पालुङ लगायतका ठाउँ बाट स्थानीय सहकारी संस्था मार्फत खरिद गरि ल्याईएको तरकारी हेटौंडा – ४ हुप्राचौरमा रहेको जिल्ला कृषि सहकारी संघको कार्यालयमा प्याकिङ गरि आज पनि बिक्री वितरण गरिएको छ ।

काउली , मुला , मटरकोसा , बकुल्ला , धनिया गरि आज ४ हजार ६ सय केजी तरकारी हेटौंडा उपमहानगरपालिकामा रहेका विभिन्न सहकारीहरु मार्फत बिक्री वितरण गरिएको मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दाहालले बताउनु भएको छ ।

किसानले उत्पादन गरेको ताजा र स्वच्छ तरकारी घर नजिकै सुपथ मुल्यमा किनेर खान पाउँदा उपभोक्ताहरुले खुशी ब्यक्त गरेका छन् । तर कतिपय उपभोक्ताहरुले भने आफुले उक्त तरकारी किन्ने चाहना गर्दा गर्दै पनि नपाएको समेत ब्यक्त गरेका छन् । बिहानीको समय प्याकिङ स्थलबाटै सो आसपासका उपभोक्ताहरुलाई तरकारी बिक्री गरिएको भए पनि अन्य क्षेत्रमा पनि माग अत्यन्त धेरै रहेका कारण अर्डर भैसकेकोले दिउँसो आउने उपभोक्ताहरुलाई तरकारी उपलब्ध गराउन नसकिएको जिल्ला सहकारी संघका कार्यक्रम संयोजक शिवहरी दाहालले बताउनु भयो ।

जिल्ला सहकारी संजालको आयोजना एवं बागमती प्रदेश सरकार, नेपाल सरकार सहकारी बजार बिकाश कार्यक्रम, जिल्ला सहकारी संघ, मकवानपुर जिल्लाका बिषयगत सहकारी संघहरुको समन्वयमा सो कार्य भैरहेको बताईएको छ साथै सो कार्य सहजताको लागि वागमती प्रदेश सरकारले २ वटा सरकारी गाडी उपलब्ध गराएको छ ।

अर्डर गरिएको ठाउँमा लान तयार प्याकिङ गरिएको तरकारी साथै वागमती प्रदेश सरकारले उपलब्ध गराएको गाडी
ल्याइएको तरकारी प्याकिङ गरिएको स्थान : कृषि सहकारी संघको कार्यालय
Flash News अर्थ रोचक समाचार स्थानीय