सामना बनिन् महिला बालबालिका तथा जेष्ठ नागरिक साखा प्रमुख

२० असोज २०७८ – ग्रामीण महिला सेवा केन्द्र र  प्लान ईन्टरनेशनल को संयुक्त साझेदारीमा संचालित Lead and Decide कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय बालिका दिवस को अवसरमा मकवानपुरगढी गाउपलिका मा Girls Get Equal अन्तर्गत Girls Take Over कार्यक्रम संचालन भएको छ । ग्रामीण महिला सेवा केन्द्रकी सचिब अचला शर्मा को अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामना फुयालले मकवानपुरगढी गा.पा मा महिला बालबालिका तथा जेष्ठ नागरिक साखा प्रमुखको भूमिका बहन गरि बालबालिकालाई ईन्टरनेटको पहुच कसरी पुर्याउने र त्यसबाट हुने दुर्व्यवहार तथा हुन सक्ने घटना बारे अन्तरक्रिया गर्नुभयो ।

कार्यक्रममा मकवानपुरगढी वडा नं ३ का अध्यक्ष भागवत घिमिरे  मकवानपुरगढी गाउपलिका का प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनी, महिला बालबालिका तथा जेष्ठ नागरिक साखा प्रमुख मदिरा थापा, स्वास्थ्य साखा प्रमुख धुब्र प्रसाद लामिछाने, शिक्षा साखा प्रतिनिधि भगवती घिमिरे,  योजना साखा प्रमुख  प्रकाश न्यौपाने ,प्रशासन साखा प्रमुख सुर्य बहादुर गुरुङ, सूचना अधिकृत सुरज पौडेल, कानुनी सहजकर्ता रामशरण लामिछाने, कृतिका हुमागाई,  पत्रकार राजन अनुराग ग्रामीण महिला सेवा केन्द्रका सामाजिक ब्यबहार परिवर्तन संचार सहजकर्ता ,सामाजिक परिचालिका लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मकवानपुरगढी गाउपलिका का प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनीले ईन्टरनेटको प्रयोगमा अभिभावक पनि अति सचेत हुनुपर्ने बताउनुभयो । तेस्तै आफ्नो धारणा राख्नुहुदै स्वास्थ्य साखा प्रमुख धुब्र प्रसाद लामिछानेले अब हामी बाल संरक्षण, बाल सुरक्षा मा केन्द्रित हुदै हरेक क्षेत्रमा महत्व अनुसार ईन्टरनेटको सुबिधा उपलब्ध गराउनुपर्ने बताउनु भयो, भने पालिकाका का सूचना अधिकृत सुरज पौडेलले हामीले इन्टरनेट प्रयोगकर्ताको उमेर प्रबिस्ट गरि सेवा लिने दिने गर्ने हो भने हुन सक्ने साइबर अपराध घटना न्यूनीकरण हुने बताउनुभयो ।  कानुनी सहजकर्ता रामशरण लामिछानेले  ईन्टरनेट बाट कोहि कतै हिंशा, दुर्व्यवहार वा साइबर जन्य अपराध सहेर बस्नु नहुने र तत्काल उजुरी गरि पीडकलाई सजाय गर्नुपर्ने मा जोड दिनु भयो, भने अन्य सहभागीहरुले बालिकालाई अरुलाई सरह अधिकार दिनुपर्ने तर आफ्नो कर्तब्य पनि बिर्सनु नहुने तेस्तै अभिभावक अभिमुखीकरण जस्ता कार्यक्रम गर्न आफुहरुले गर्न जोड दिनुपर्ने र दिने बताउनु भयो  ।

कार्यक्रममा कृतिका हुमागाईंले विश्वका  २६०० किशोरीकोहरुको  खुल्ला पत्र बाचन गर्नुभएको थियो संगै मकवानपुरगढी गाउपलिकाले समेत स्थानीय सरकारका रुपमा स्थानीय तहमा बालबालिका तथा किशोरकिशोरीहरुको ईन्टरनेटमा पहुँच र अनलाइन माध्यमबाट हुन सक्ने दुव्र्यवहारको रोकथाम र यसबाट सुरक्षा तथा संरक्षण प्रदान गर्न प्रतिबद्धता जाहेर गर्यो  ।

No description available.
आफ्नो धारणा राख्नुहुदै स्वास्थ्य साखा प्रमुख धुब्र प्रसाद लामिछानेले
No description available.
बैठक सहजीकरण गर्नुहुदै सामना फुयाल
Flash News समाचार स्थानीय