मकवानपुरगढी गाउँपालीका स्तरीय शिक्षक फुटबल प्रतियोगिता शुरु


शुभ दिपावलीको अवसरमा मकवानपुरगढी गाउँपालीका स्तरिय शिक्षक फुटबल प्रतियोगिता आज बाट शुरु भएको छ । भानु मा.बि.को आयोजना र मकवानपुरगढी गाउँपालीकाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरीएको हो ।

मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु मिनि पिचमा शुरु प्रतियोगिताको मकवानपुरगढी गाउँपालीका अध्यक्ष बिदुर हुमागाईले उद्धघाटन गर्नु भएको हो । प्रतियोगितामा मकवानपुरगढी गाउँपालीकाका ११ वटा बिध्यालयको सहभागिता रहेको छ । आज भएको लिग चरण अन्तरगत भएको खेलमा आयोजक भानु मा बि ले जनक मा बि लाई १४ —१ ले पाराजित गरेको छ । आजै भएको दोस्रो खेलमा शारदा मा.बि.ले जाल्पा देबि मा.बि.लाई ३ —१ ले पाराजित गरेको छ । जनता माबिले मनकामना मा. बि.लाई ७ — ० ,बंशगोपाल मा. बि.ले रानीशेरा मा.बि. लाई ६—१, भानु मा.बि.ले चण्डीका मा.बि. लाई १५—१, गढि गाउँपालीकाले शारदा मा.बि.लाई ३—२, जनता मा.बि.ले रुपनारायण मा बि लाई ४—३ ले पाराजित गरेको छ ।

 

आजै भएको खेलमा जनक मा.बि.ले चण्डिका मा.बि. लाई ४—२, रुपनारायण मा.बि. ले मनकामना मा.बि.लाई २—०, गढी गाउँपालीकाले जाल्पा देबि मा.बि.लाई ११ —१ ले पराजित गरेको छ । आजै भएको नकआट चरणको खेलमा भानु माबिले रुपनारायण माबिलाई ९—१ गोल अन्तरले पराजित गरेको छ ।  रानी शेरा माबिले गढी गाउँपालीकालाई २ —१, शारदा माबिले बंशगोपाल माबिलाई बाई दिएको छ । आजै भएको अन्तिम खेलमा जनक माबिले जनता माबिलाई ४—० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिता कार्तिक १७ गते समापन हुने आयोजकले जनाएको छ । समापन कार्यक्रममा बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मोक्तान आउने कार्यक्रम रहेको आयोजक भानु मा बि बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष मानकुमारी पाख्रिनले जानकारी दिनु भएको छ ।

 

Flash News खेलकुद समाचार