११ फागुन २०७८ नेपाल कम्युनिस्ट पार्टी सहितको एमसिसी विरुद्धको संयुक्त मोर्चाले राष्ट्रघाती एमसिसी खारेज गर भन्दै हेटौंडाको चौकी टोलदेखी उद्योग बाणिज्य संघ , बुद्ध चोक हुदै सिमा चोकसम्म बृहत मशाल जुलुस सम्पन्न गरेको छ । र्यालीलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयन , नेकपा ( क्रान्तिकारी माओवादी ) का जिल्ला इन्चार्ज सागर , राष्ट्रिय जनमोर्चा समन्वय समितिको जिल्ला इन्चार्ज रामहरि , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका सचिब यदु पासा , नेकपा माले मकवानपुरका उपसचिव हरिकृष्ण अधिकारी , सचेत नेपाली पार्टीका मकवानपुरका संयोजक अर्जुन पाठक , उन्नत लोकतन्त्र पार्टीका संयोजक अयोद्या भट्टराई , देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सतार अन्सारी सद्दामले गर्नु भएको थियो भने मशाल जुलुस पछिको कोणसभालाई एमसिसी विरुद्धको संयुक्त मोर्चाको तर्फबाट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचीवालय सदस्य सुर्य अर्यालले सम्बोधन गर्नु भएको थियो । मसाल जुलुसका क्रममा राष्ट्रघाती एमसिसी खारेज गर , राष्ट्रघाती एमसिसी चाहिदैन , देश बेच्न पाइदैन , अमेरिकी साम्राज्यवाद मुर्दावाद , दलाल पुजीवादी संसदीय व्यवस्था मुर्दावाद , राष्ट्रघाती दलालहरु होसियार लगाएतको नारा लगाइएको थियो । यस्तै
हेटौंडा १९ बस्तीपुरमा पनि एमसिसी विरुद्ध आज साझ मशाल जुलुस सम्पन्न भएको छ ! राष्ट्रिय जनसरोकार मंच नेपाल मकवानपुर र स्वतन्त्र युवा संगठनको संयुक्त आयोजनामा भएको मशाल जुलुसलाई नेतृत्व र सम्बोधन जनसरोकार मंचको तर्फबाट सागर कडेल , जनता समाजवादीको तर्फबाट राजकुमार भेट्वाल र स्वतन्त्र युवा संगठनको तर्फबाट सन्दीप पाठकले गर्नु भएको थियो ।