१२ साउन २०७९, मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत रहेको हेटौंडा अस्पतालमा सेवा लिन गएका सेवाग्राही माथि अभद्र व्यवहार गरिएको पाइएको छ । विहिबार अस्पतालका डाक्टर कर्मचारिले यस्तो व्यहार गरेको हेटौंडा ११ नवलपुरकी ईश्वरी देवि पाैडेलका आफन्तले गुनासो गरेका छन । भिडियो एक्सरे गर्ने कोठामा क्रिटिकल अवस्था भएर जादा समेत डाक्टरहरुले जथाभावी बोलेर एक्सरे ढिला हुने भन्दै फर्काएको पिडितको आफन्तको गुनासो छ । बिरामीको अवस्था क्रिटिकल भएपछि सुरुमा इमरजेन्सीमा राखिएको थियो । पछि एक्सरे गर्न जान भनेपछि त्यहाँ जादा डाक्टर, नर्स र कर्यालय सहयोगिले अभद्र व्यवहार गरेको पिडितको गुनासो रहेको छ ।
भिडियो एक्सरे गर्न जाने प्राय बिरामीहरुले यस्तो समस्या भोग्ने गरेको र अस्पताल प्रशासनलाइ गुनासो गर्दा पनि सुनुवाइ नभएको पीडितहरुले बताएका छन ।