सानो गढीको प्रवेशद्धार गेट उद्घाटन

१३ साउन २०७९, मकवानपुरको ऐतिहासिक मकवानपुरगढी क्षेत्रमा रहेको सानो गढीको प्रवेशद्धारको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रवेशद्धारको उद्घाटन गरिएको हो ।

पुरानो गोरख गणले ठेक्का प्रणालीमा मार्फत निर्माण गरिएको प्रवेशद्धारको  गणका प्रमुख सेनानी सुभाषचन्द्र महत र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तानले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

२८ नम्बर बाहिनी अड्डाका बाहिनीपति हिम्मत बहादुर विष्ठको उपस्थितीमा मकवानपृुरगढी वडा नम्बर २ का वडा अधयक्ष एंव गढी संरक्षण समितिका बखानसिं पाख्रीनलाई हस्तान्तरण गरिएको छ ।

मुल प्रवेशद्धार सहित सानोगढीका चारकिल्लामा तारबार निर्माण गरिएको छ । उक्त कार्य बंशगोपाल कन्सट्रक्सन प्रालिले १४ लाख ५७ हजार २९० मा ठेक्का पारी निर्माण गरेको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन, वडा सदस्यहरु, निर्माण कम्पनीका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

मकवानपुरगढीको एक हिस्साको रुपमा रहेको सानो गढी यस भन्दा पहिले खुला प्रवेश रहेको र तारबार नभएकाले संरक्षणमा समस्या देखिएको थियो ।   शिधाखबरबाट

Flash News Slide समाचार स्थानीय