मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन अहिले ठप्प छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको भन्दै विरोधमा उत्रिएपछि गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प भएको हो ।

प्रतिष्ठानमा कार्यरत २४ जना प्राध्यापकले तलब र भत्ता बापतको रकम नपाएको भन्दै विरोधमा उत्रिएपश्चात पठनपाठन बन्द भएको प्रतिष्ठानका प्राध्यापक कल्याणकारी समिति हेटौंडाका अध्यक्ष विश्वास सापकोटाले जानकारी दिए ।

उनका अनुसार, ती प्राध्याकपहरुले गत साउन महिनादेखि तलब र भत्ता बापतको रकम पाएका छैनन् ।

यस्तै, प्रतिष्ठानका शिक्षाध्यक्ष डा.सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्ति बापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ता भुक्तानी दिन समस्या भएको बताए ।

स्थानीय