यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

त्यसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनुका साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।

यसैगरी आज राति गण्डकी, लुम्बिनी र कर्णाली लगायत बागमती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

साथै राज राति लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *