सुनको मूल्य १८०० रूपैयाँले बढ्यो

हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १८०० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरेको छ ।
आज चाँदीको कारोबार मूल्य तोलामा ५ रूपैयाँ बढेर १५ सय ४५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *