प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति उम्मेदवार हुन नपाउने

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् ।

आइतबार आयोगले एक सूचना जारी गर्दै आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति उम्मेवार बन्न नपाउने जानकारी गराएको हो ।

आयोगका सहायक प्रवक्ता एवम् उपसचिव सूर्यप्रसाद अर्यालले जारी गरेको सो विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने उल्लेख गरिएको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको पनि अर्यालले जनाएका छन् ।

राजनीति