शहिद स्मृति गोल्डकप आज देखि हेटौडामा सुरु हुँदै

हेटौडा – स्थानीय तह शहिद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आज देखि हेटौडामा सुरु हुँदै छ । आज देखि चैत ७ गते सम्म संचालन हुने प्रतियोगितामा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११, नेपाल आर्मी, एपीएफ क्लब, नेपाल पुलिस क्लब, जवलाखेल युथ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, बागमती युवा क्लब सर्लाही, नवजनजागृती युवा क्लब सिमरा र अफ्रिकन रुट्स एसोसिएनले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितको उद्घाटन खेल आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र नवजनजागृती युवा क्लब सिमराबीच हुने जनाइएको छ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडीले नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको छ।

प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नंम्बर–१० मा रहेको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup