जिल्ला स्तरिय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि सहिद सुनिता स्मृति क्लबलाई


  1. १७ पौष २०७८
    मकवानपुरगढी गाउँपालिकामा भएको जिल्ला स्तरिय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि बज्रबाराहिमा रहेको सहिद सुनिता स्मृति क्लबले जितेको छ । आज भएको फाईनल खेलमा आयोजक आमभञ्ज्याङ्ग युवा क्लबलाई २५–१७,२५–१६, २५–१८ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा आयोजक आमभञ्ज्याङ्ग युवा क्लब द्धितिय भएको छ । आजै तेस्रो स्थानको लागि भएको खेलमा आग्रा खेल बिकास समितिले छाहारी क्लबलाई १९–२०,२५–२०,२५–१६, २१–१९ अंकले पराजित गर्दै तृतिय भएको छ । प्रतियोगितामा प्रथम हुने सहिद सुनिता स्मृति क्लबले ६६,६६६ ,द्धितिय हुने आमभञ्ज्याङ युवा क्लबले ३३,३३३ तृतिय हुने आग्रा खेलबिकास समितिले १५ हजार रुपैया शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । मकवानपुरगढी गाउँपालीका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भिमफेदी गाउँपालीका अध्यक्ष हिदम लामाको बिशिष्ठ आतिथ्यता रेहेको थियो । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, काग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव बलराम घिमिरे , कार्यक्रम संयोजक ईन्द्र प्रसाद संजेल लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्ट खेलाडी तथा सहयोगि संघ संस्थालाई सम्ममान गरिएको थियो । प्रतियोगितालाई आगामि बर्षमा पनि निरन्तर संचालन गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा केशब लाल स्मृति  पत्रकारिता पुरस्कारबाट  मकवानपुरका पत्रकार धर्मेन्द्र दहाललाई सम्मान गरिएको छ । भलिवल टिमका मुख्य प्रशिक्षक स्वर्गिय केशवलाल श्रेष्ठको स्मृतिमा स्थापना भएको ‘स्वर्गिय केशवलाल श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार–२०७८’ बाट दाहाललाई सम्मान गरिएको हो ।
    हेटौँडाबाट सञ्चालन हुँदै आएको खबरब्रेक डटकमका सम्पादक समेत रहेका दाहाललाई नगद ११ हजार १ सय ११ रुपैँया सहित सम्मानित गरिएको हो । मकवानपुरको आमभञ्याङमा आज सम्पन्न भएको जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिताको समापन समारोहको अवसरमा दाहाललाई सम्मान गरिएको हो ।
    जिल्ला भलिवल संघ मकवानपुरका पूर्व उपाध्यक्ष इन्द्रप्रसाद सञ्जेलले स्थापना गर्नुभएको पुरस्कार अब प्रत्येक वर्ष प्रदान गरिने बताईएको छ । जिल्लाको भलिवल खेलको उत्थान, विकास र प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएको भन्दै दाहाललाई सम्मान गरिएको हो ।
Flash News Slide खेलकुद समाचार स्थानीय