बाल संरक्षण र हेरचाह सुधारको वकालतका लागि राष्ट्रिय स्तरको परामर्श सम्पन्न

१४ माघ २०७९ – राष्ट्रिय बाल संरक्षण संजाल, फरगेट मि नट र हिमाली नबिन समाजको संयुक्त आयोजनामा राष्ट्रिय बाल संरक्षण संजाल का अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा र  समाज कल्याण परिषदका सहनिर्देशक पेम्बा तामाङ्, राष्ट्रिय बाल अधिकार परिषदका बाल संरक्षण शाखा प्रमुख नमुना भुसाल, एनएसिजि को अध्यक्ष किरण थापा, एनएसिजिका सह अध्यक्ष तथा कार्यपत्र प्रस्तोता ऋतु भट्टराई, फरगेट मि नट का राष्टिय निर्देशक अन्जु पुन, हिमाली नबिन समाजका कार्यकारी निर्देशक धन बहादुर लामा लगायतको आतिथ्यमा बाल संरक्षण र हेरचाह सुधारको वकालतका लागि  नेपालका बिकाशका साझेदार संस्थाहरु, अन्तरास्ट्रिय गैर सरकारी सस्थाहरु, युएन एजेन्सीका जिम्मेबार पदाधिकारिहरु संग राष्ट्रिय स्तरको परामर्श कार्यशाला काठमाण्डौमा सम्पन्न भएको छ ।

समाज कल्याण परिषदका सहनिर्देशक पेम्बा तामाङ्ले नेपाल सरकारमा दर्ता नभएका बाल गृहहरुमा लगानी नगर्न र राष्ट्रिय बाल संरक्षण संजाल जस्ता बाल संरक्षणको क्षेत्रमा कार्यरत बाल अधिकार अभियन्ताहरुले आबाज उठाएका क्षेत्रमा लगानी गरि बालबालिकाको सर्बोत्तम हितको क्षेत्रमा कार्य गर्न अन्तरास्ट्रिय गैरसरकारि संस्थाहरु र बिकाशका साझेदार संस्थाहरुलाई आग्रह गर्नुहुदै अब समाज कल्याण परिषदबाट हुने संस्थागत अनुगमनमा बालबालिकाको संरक्षणको सुनिश्चितता र  दिर्घकालिन बिकाशमा लगानी र उपलब्धी मापन गरिने बताउनु भएको थियो ।

राष्ट्रिय बाल अधिकार परिषदका बाल संरक्षण शाखा प्रमुख नमुना भुसालले सरकारी मापदण्ड बिपरित रहेका बालगृहहरुबाट बालबालिका उद्धार गरिएको प्रसंग कोट्याउनु हुदै सरकारी निती बिपरित खुलेका बालगृहहरुमा रहेका बालबालिकाको संरक्षणको अबस्था कहालि लाग्दो रहेको अबस्था चित्रण गर्नु भएको थियो । उहाले धेरै बालबालिकाको उद्धार गर्नु पर्ने अबस्था रहेको र  यस क्षेत्रमा धरै काम गर्नु पर्ने भएकोले राष्ट्रिय बाल संरक्षण संजाल द्धारा आयोजित यस कार्यक्रममा उठेको सबालमा गम्भिरता पुर्बक कार्य गर्न अन्तरास्ट्रिय गैसस र बिकाशका साझेदार संस्थाहरुलाई आग्रह समेत गर्नु भएको थियो ।

एनएसिजिको अध्यक्ष किरण थापाले बालबालिकाको अनाबश्यक सस्थागतीकरण रोक्न सरकार, बहुपक्षिय सस्थाहरु, संयुक्त राष्ट्र संघका निकायहरु, अन्र्तराष्ट्रिय गैससहरु र नागरिक समाज सस्थाहरु र बिश्वासमा आधारित संस्थाहरुको समन्वय र सहकार्यमा यसै गरि सामुहिक कार्यहरु देखिने गरि गर्न सुझाब दिनु हुदै  सबै स्थानीय पालिकामा बाल कल्याण अधिकारि नियुक्ती, बाल संरक्षण निती र बाल अधिकार समिती गठन र परिचालन गर्न खबरदारि समेत गर्नुभयो । उहाले एनएसिजीले परिबारमा बालबालिकाको अधिकार स्थापित गर्न कृयाशिल रहन बचन बद्धता गर्नु भएको थियो ।

कार्यपत्र प्रस्तोता ऋतु भट्टराइले नेपालको बाल गृहमा रहेका बालबालिकालाई बिषेश संरक्षण आबश्यकता रहेको उल्लेख गर्नु हुदै उनीहरुको सर्बोत्तम हितलाई ध्यानमा राख्न आबश्यक रहेको औल्याउनु भएको थियो । उहाले संरक्षणको आबश्यक रहेका अनाथ बालबालिका, निकृष्ट प्रकारको कार्य गरिरहेका बाल श्रमिक बालबालिका, यौन दुब्र्यबहार र शोषणको शिकार भएका बालबालिकालाई बालबालिकासम्बन्धी ऐन, २०७५ को धारा ४८ अनुसार राज्यबाट विशेष हेरचाह, संरक्षण र सहयोगको हक तथा अधिकार रहेको बताउनु भएको थियो । यसैगरि ऐन, र नियमाबली अनुरुप बालबालिकालाई  थप अधिकारमा कानूनी सहायता र परामर्श,शैक्षिक सहयोग,सीप तालिम, हेल्पलाइन समर्थन,खेलकुद, मनोरञ्जन र रचनात्मक कार्यहरू आबश्यक रहेको बताउनु भएको थियो । उहाले बाल संरक्षणको लागि र बाल गृहमा रहेका बालबालिकाको सर्बोत्तम हितको लागि सबै स्थानीय पालीकाहरुमा बाल अधिकार संरक्षण तथा संबर्धन सम्बन्धि कानुनको निर्माण, बाल कोषको स्थापना, स्थानीय बाल अधिकार समितीको गठन, बाल कल्याण अधिकारिको नियुक्ती, समाजसेबि र बाल मनोबिज्ञको सुचिकरण र परिचालन, बाल संरक्षण मापदण्डको निर्माण र कार्यान्वयन आबश्यक रहेको बताउनु भएको थियो । उहाले बाल गृहहरुको अबश्यक पनी छ तर अनाबश्यक बाल गृहहरु बन्द पनी गर्नु पर्ने देखिन्छ भन्नु हुदै कुनै पनी बाल हेरचाह गृह वा आश्रय स्थल कानुन सम्मत दर्ता भई अनुमती प्राप्त गरेको, मापदण्ड पुरा गरेको र परिक्षण गरि अन्तीम बिकल्पको रुपमा मात्र रहेको हो भन्ने यकिन हुन पर्ने समेत बताउनु भएको थियो । उहाले प्रस्तुतीकरण गर्ने क्रममा  बैकल्पिक हेरचाहको व्यवस्था अनुसार बालबालिकालाई प्राथमिताको आधारमा बाल कल्याण अधिकारीले बैकल्पिक हेरचाहको व्यवस्था मिलाउनु  पर्नेछ र यसको लागि राज्यले लगानी अभिबृद्धि गर्न आग्रह गर्नु भएको थियो ।

राष्ट्रिय बाल संरक्षण संजाल का अध्यक्ष प्रकाश खतिवडाले कार्यपत्र प्रस्तुत गर्नु हुदै फरगेट मि नट र हिमाली नबिन समाज संग सहकार्य गर्दै संजालले सम्बन्धित सरोकार बालाहरु बिच बाल संरक्षणको क्षेत्रमा राष्ट्रिय सहमतीको बिकाश गर्ने, परिबारमा बालबालिकाको अधिकार नितीको स्थापना गर्ने र यसको  लागी राष्ट्रिय र प्रादेशिक स्तरमा कार्ययोजना बिकाश गर्ने क्रममा क्रमागत कार्यक्रमहरु संचालन भईरहेको बताउनु भएको थियो । उहाले राष्ट्रिय बाल संरक्षण संजालले , बालश्रम शोषणको अन्त्य, बिपदमा बाल संरक्षण, बाल संरक्षण प्रणालिको सुदृढिकरण, परिबार बाट अलग भएका बालबालिका, परिबार नभएका बालबालिकाको बैकल्पीक स्याहार, बाल यौन दुब्र्यबहार र शोषणको क्षेत्रमा राष्ट्रिय रुपमा आफ्ना सदस्य संस्थाहरुलाई परिचालन गरि कार्य गरिरहेको बताउनु भयो । प्रस्तुतीकरण गर्नु हुदै उहाले राष्ट्रिय बाल अधिकार परिषदको पछिल्लो प्रतिबेदन २०७९ अनुसार ४३ जिल्लामा रहेका ४१७ बटा बाल गृहहरुमा १०९०५ जना बालबालिका रहेको मा तिनको सर्बोत्तम हितको ब्यबस्था हुन पर्ने औल्याईएको थियो । उहाले दर्ता बिना ठुलो संख्यामा बाल गृह, अनाथलय, र धार्मिक संस्थाहरुमा बालबालिका रहेको पाईन्छ तर यस्को यकिन तथ्याकंको भने अभाब खडकिएको बताउदै सर्बेक्षण गर्न आबश्यक रहेको समेत बताउनुभयो । अध्यक्ष खतिवडाले आफ्नो भनाई राख्नु हुदै अनधिकृत रुपमा खुलेका बालगृहको बन्दी र अन्तिम बिकल्पको रुपमा बालगृहमा रहेको बालबालिकाको सर्बोत्तम हितको सुनिश्चितताको लागी, परिबारमा बालबालिकाको अधिकार स्थापितको लागि सबै संग समन्वय र सहकार्य गरिने बताउनु भएको थियो ।

फरगेट मि नट का राष्टिय निर्देशक अन्जु पुनले सरकारी, बिकाशका साझेदार संस्थाहरु र नागरिक समाजका संजालहरुको समन्वय र सहकार्य बाट नै बाल संरक्षणको सुनिश्चित हुने भएकोले जहिले सम्म बालबालिका सुरक्षित भएको महसुस गर्दैनन तब सम्म संधिय र प्रादेशिक कार्य योजना बनाएर कार्य गरिरहनुको बिकल्प नभएको बताउनु भएको थियो ।

यसै गरि हिमाली नबिन समाज बाट ऋजा महर्जनले कार्यपत्र प्रस्तुत गर्नु हुदै बालबालिका किन परिबार बाट अलग गरिन्छ ? किन माग्ने काममा लगाईन्छ ? किन अपराध गर्न लगाईन्छ ? किन अनाथ र टुहुरा भनिन्छ भनि अनुत्तरित प्रतिप्रश्न गर्नु हुदै पारिबारिक पुर्नमिलनका लागी आफ्नो संस्थाले गरेको उदाहरणिय कार्यका बिबेचना गर्नु हुदै बालबालिकालाई गुणस्तरिय शिक्षा को पहुच पुर्याउन सकियो भने मात्र पनी केहिहद सम्म बाल संरक्षण हुन सक्ने बताउनु भएको थियो ।

साईन टुगेदरका जुना लामा र बिरेन्द्र शाहिले अब्यबस्थीत बाल गृहमा रहेका बालबालिकाले भोगिरहेको समस्याको बारेमा संयुक्त रुपमा कारुणीक चित्रण गर्नु हुदै बाल गृहमा रहेका बालबालिकाको संरक्षणको सबालमा संबेदनशिल हुन सबैलाई आग्रह गर्नु हुदै बालगृहमा रहेकाहरुको  १८ बर्ष उमेर पुगे पछिको पुर्ब ब्यबस्थापन गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा अक्सफाम को सृष्टि ढकाल, हेन्डीकेप ईन्टरनेशनका पदम महर, एकप्याट लग्जेम्बर को अमृता पौडेल, श्रद्धा बर्मा चाईल्डएड नेटबर्क फाउण्डेशनको हकिमेह यागुटकार र सुमिरा श्रेष्ट, गुड नेबर्स ईन्टरनेशनलका रमेश बुढा,  आडारा बिकाश नेपाल का पासागं सेर्पा लगायतका सहभागिहरुले आआफ्नो कार्यक्षेत्रमा संरक्षण बिहिन अबस्थामा रहन बाध्य बालबालिकाको कारुणिक दृष्य बताउनु हुदै बाल संरक्षणको क्षेत्रमा असाध्यै सान्दर्भिक कुरा उठान, बृहत छलफल र सुझाबहरु आएकोले यस बमोजिम कार्य गर्न सहज भएको बताउनु हुदै राष्ट्रिय बाल संरक्षण संजाल जस्ता सामाजिक संस्थाहरु संग सहकार्य गर्दै परिबारमा बालबालिकाको अधिकार, बालबालिकाको संरक्षणको सुनिश्चितता र सर्बोत्तम हितका लागि राष्ट्रिय सहमती कायम गरि कार्य गरिने बताउनु भएको थियो ।

कार्यक्रमको निचोड र भाबि कार्यदिशाको बारेमा कार्यपत्र प्रस्तोता ऋतु भट्ट राइले गर्नु भएको कार्यक्रममा राष्ट्रिय बाल संरक्षण संजालका महासचिब ज्ञान भक्त महर्जनले कार्यक्रमको संचालन गर्नु हुदै शुरुमा सबैलाई स्वागत गर्नु भएको थियो भने उक्त कार्यक्रममा राष्ट्रिय बाल संरक्षण संजालका सचिबालयका द्धय मनु नेपाली र सोनीया आचार्य द्धारा समन्वय ब्यबस्थापन गरिएको थियो ।

समाचार