३ जेष्ठ २०७७, शनिबार काठमान्डौ , नेपालमा कोरोना संक्रमणबाट १ जनाको ज्यान गएको छ । यो नेपालमा कोरोनाबाट ज्यान गएको पहिलो घ’टना हो ।सिन्धुपाल्चोकको बाह्राविसेबाट बिहीबार धुलिखेल अस्पतालमा भ’र्ना भएकी २९ वर्षीया महिलाको शुक्रबार साँझ उपचारका क्रममा को’रोनाको संक्रमणबाट नि’धन भएको हो। श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वा’ब नि’कालेर पीसीआर परीक्षण गरिएको थियो। अस्पतालमै आरडिटी र पि’सिआर परीक्षण गर्दा उनको स्वा’ब परीक्षणको नजिता पोजेटिभ आएको थियो।
मृ’त्युपछि स्वा’बको पुनः जाँ’चका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो र त्यहाँ पनि पोजेटिभ नजिता देखिएको हो ।उनी आठ दिनअघि त्रिवि शिक्षण अस्पतालबाट डे’लिभरी गराएर घर फर्किएकी थिइन्। नि’धन भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अहिले धुलिखेल अस्पताल सि’ल गरिएको छ। अहिले आ’कस्मिक क’क्षका चिकित्सक, नर्स सबैको स्वा’ब क’लेक्सन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ। त्यसका साथै ति बि’रामीको उपचारमा सहभागी सबै चिकित्सकलाई पनि अस्पतालमा छुट्टै राखेर स्वा’ब परीक्षण गरिएको छ।
(सिधाकुराबाट)