काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

१७ चैत २०८२

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा रिजाल पक्राउ परेका हुन् । उक्त घटनापछि उनी एक महिनाभित्रै सीडीओ पदबाट हटाइएका थिए ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनलाई कारबाही सिफारिस गरेको थियो । सोही आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।
यसअघि सोही प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन् । साथै, रिजालमाथि गृह मन्त्रालयमा रहँदा कर्मचारी सरुवामा अनियमितता गरेको आरोपमा समेत अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *