सेवा प्रवाहलाई पारदर्शी बनाउन यातायात व्यवस्था कार्यालय हेटौडामा सामाजिक अभियान्ता महतको ध्यानाकर्षण पत्र


हेटौंडा, २० चैत — “सेवा सहयोग र आवाजमा हामी (SSAH)” संस्थाले यातायात व्यवस्था कार्यालय हेटौंडामा हुने सेवा प्रवाहप्रति ध्यानाकर्षण गराएको छ।
संस्थाका अध्यक्ष विशालराज महतले कार्यालय प्रमुख बिमल भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाउँदै ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षण प्रक्रियामा पारदर्शिताको अभाव रहेको बताएका छन्। उनले ट्रायल स्थलमा जडान गरिएका सीसी क्यामराको लाइभ दृश्य सेवाग्राहीले समेत हेर्न पाउने व्यवस्था गर्न, सार्वजनिक मोनिटर जडान गर्न तथा फुटेज हेर्न निःशुल्क पहुँच उपलब्ध गराउन माग गरेका छन्।
पत्रमा ट्रायल परीक्षणका क्रममा आफ्नै सवारी साधन प्रयोग गर्न नदिने व्यवस्था अन्यायपूर्ण भएको उल्लेख गर्दै उक्त प्रावधान हटाउनुपर्ने माग गरिएको छ। साथै, निवेदन दिनका लागि हुने झन्झट हटाउन यातायात कार्यालय परिसरमै हुलाक टिकट घरको व्यवस्था गर्नुपर्ने पनि माग गरिएको छ।
संस्थाले नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सेवाग्राहीको सूचनामा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *