भानु माविको अध्यक्षमा खिल प्रसाद चौलागाईं चयन


२० माघ २०८०
मकवानपुरगढी गाउँपालिका–३ मक्राञ्चुलीमा रहेको भानु माध्यमिक विद्यालयको बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खिल प्रसाद चौलागाईं चयन हुनु भएको छ । सोहि विद्यालयका पुर्व शिक्षक एवम् पुर्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका चौलागाईं अध्यक्षमा चयन हुनु भएको हो ।
समितिको सदस्यहरुमा लक्ष्मण भट्टराई,सन्तु थिङ(पाख्रीन),हेम कुमारी संजेल,दिलिप लोप्चन र रुक्मणी ढुङ्गाना चयन हुनु भएको छ ।
९ सदस्यीय रहने समितिको सदस्य सचीवमा विद्यालयका प्रधानाध्यापक रहनेछन् भने शिक्षकहरुको तर्फबाट एकजना शिक्षक प्रतिनिधि र सम्बन्धित वडाका वडा अध्यक्ष वा प्रतिनिधि पनि समितीमा रहने छन ।

Flash News Slide Uncategorized रोचक समाचार स्थानीय