मकवानपुरगढीमा ११ सदस्यीय नेपाल तामाङ घेदुङ कार्यसमिति गठन


२० माघ २०८०
मकवानपुरगढीमा गाउँपालिका स्तरीय नेपाल तामाङ घेदुङ कार्यसमिति गठन भएको छ ।
बुधबार मकवानपुरगढी -२ नम्बर स्थित सामुदायिक भवनमा भएको भेलाले कार्य समिति गठन गरेको हो । नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष्य कालु घलानको प्रमुख आतिथ्यतामा भएको भेलाले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिमा अध्यक्ष पदमा वडा नम्बर २ का सानु कान्छा थिङ, उपाध्यक्षद्वयमा वडा नम्बर ४ का बिक्रम योन्जन र वडा नम्बर १ का मनमाया लो , सचिवमा वडा नम्बर ७ का यम रत्न भुलुन , सहसचिवमा वडा नम्बर ४ का सोमलाल घलान, कोषाध्यक्षमा वडा नम्बर २ का एल आर स्याङतान चयन गरिएको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा वडा नम्बर २ का अन्जना तामाङ र सोही वडाका सुरेश गोले, ६ नम्बर वडाका विकास थिङ र ३ नम्बर वडा बाट सुर्य रुम्बालाई चयन गरिएको छ । १७ सदस्यीय पालिका स्तरीय कार्यसमिति रहनेमा हाललाई ११ सदस्य कार्यसमिति गठन गरिएको बताइएको छ ।

Flash News Slide Uncategorized समाचार स्थानीय