२५ चैत २०८०
मकवानपुरगढी गाउँपालिकामा वन डडेलोका कारण खानेपानीको पाइप जल्दा स्थानीयलाई खानेपानी कै समस्या भएको छ। डडेलोले मकवानपुर गढी गाउँपालिकामा रहेको बृहत खानेपानी आयोजना लगायत अन्य खानेपानीको पाइप जल्दा स्थानीयलाई खानेपानीको समस्या भएको हो।
डढेलोले मकवानपुरगढी – २ को माथिल्लो बाँसपानी, मन्जुश्री वन हुँदै आउने बृहत खानेपानी, अमृत खानेपानी, वरभन्ज्याङ्ग खानेपानी, बाँसपानी खानेपानी को पाइपमा ठूलो क्षति पुगेको छ। यस्तै डढेलोले धवाडी सिचाइ १,धवाडी सिचाई २ को पाईपमा ठूलो क्षेती भएको छ ।
सनिवार बेलुकी वन डडेलो निभाउन स्थानीयले प्रयास गरे पनि रातको समय र भीर पहरामा आगो फैलिएकोले निभाउन नसकिएको वडा नम्बर २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनले बताउनु भयो । डढेलो निभाउन इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएका प्रहरी टोली र स्थानीय खटिए पनि डढेलो निभाउन असफल भएका थिए। वन डडेलोले वन छेउमा रहेका घरहरू पनि जोखिममा परेका छन्।
वन डडेलोले खानेपानीको पाइप जलेपछि मकवानपुर गढी गाउँपालिकाको वरभन्ज्याङ्ग, बाँसपानी, पौवाडाडा, गुम्बा, धरमपानी, कुर्ले, गैरिभन्ज्याङ्ग, शिखरकटेरी, लामिडाडा, भालुन्टार र ३ वडाको क्षेत्रमा खानेपानी र सिँचाइ पुर्ण रूपमा बन्द भएको छ ।