दाजु भाइ एफसी र सिमलटार युथ क्लब समान ४–० को जितसहित क्वार्टरफाइनलमा

अञ्जना तामाङ

मकवानपुरगढी गाउँपालिका–३ स्थित कुर्ले दमारको खेल मैदानमा जारी शहीद रुद्र पाखिन, वासुदेव घिमिरे स्मृति तेस्रो खुला ८–ए साइज फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आइतबारका दुवै खेलहरूमा एकतर्फी नतिजा प्राप्त भएका छन् ।

पहिलो खेलमा दाजु भाइ एफसीले घले समाज बकैयालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । खेलको ६औं मिनेटमा जर्सी नम्बर २ का छिरिङ लामा ले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि जर्सी नम्बर १३ का समिराज थोकर ले १४औं, ४३औं र ४६औं मिनेटमा लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरिएको छ ।

दोस्रो खेलमा सिमलटार युथ क्लबले नागस्वती फुटबल क्लबमाथि पनि समान ४–० को जित दर्ता गर्‍यो । सिमलटारका जर्सी नम्बर १४ का सुजन गुरुङ ले १८औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि जर्सी नम्बर १० का ललित चौलागाईं ले १८औं र ३९औं मिनेटमा दुई गोल थपे । जर्सी नम्बर ९ का पवन राई ले ४३औं मिनेटमा अन्तिम गोल गर्दै जित सुनिश्चित गरे । यस खेलमा सुजन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

दुवै खेल २५–२५ मिनेटको दुई हाफमा सम्पन्न भएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *