कुमारी तितुङको नेतृत्वमा नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर  गठन ।

नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी लामा तितुङ चयन हुनु भएको हो ।  बिहीबार सम्पन्न भएको नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुरको प्रथम समेलन बाट कुमारी तितुङ सर्वसम्मत चयन हुनु भएको हो ।  काठमाडौं जिल्ला खेलकुद समिती कर्मचारी संघ अध्यक्ष तथा कराते प्रशिक्षक राधिका यर हिमालको प्रमुख  आतिथ्यतामा भएको  कार्यक्रममा नेपाल स्केटिङ तथा स्केटबोडिङ संघका केन्द्रिय महासचिव सत्य थापा ,प्रदेश अध्यक्ष बिकास लामा र सचीव श्रवण कुमार बर्तौला , विजय राज कार्न्जित लगायतको आतिथ्यता रहेको थियो ।

समेलनले कुमारी लामा तितुङको अध्यक्षमा ११ सदस्य  कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विशाल चौलागाईं र जय बहादुर थोकर  सचिवमा राहुल डिम्डुङ  कोषाध्यक्षमा लक्ष्मी गोले  सदस्यहरुमा बबिन लामा ,लवराज अधिकारी ,सागर राई,मित्र प्रसाद गौतम ,किरण घिसिङ , मनिस खड्का चयन भएका छन ।  थप सदस्यहरु मनोनीत गरि सदस्य बढाउने  सचिव राहुल डिम्डुङले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *