
१५ फागुन २०८२
नेपाली कम्युनिस्ट पार्टीका नेता प्रेमबहादुर पुलामी “छिन्तु” ले २०७४ मा एमालेलाई र २०७९ सालमा कांग्रेसलाई भोट हालेर आफ्नो पार्टीले ऋण लगाएको भन्दै अहिले आफ्नो पार्टीको उम्मेदवारलाई भोट हालेर ऋण चुक्ता गर्न आग्रह गरेका छन्।
१२ वर्षपछि मकवानपुर १ मा नेपाली कम्युनिस्ट पार्टीले इमान्दार, बौद्धिक युवा विजय गौतमलाई उम्मेदवार बनाएको भन्दै गौतमलाई जिताउने जिम्मा जनताको काधमा आएको बताए ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ चिप्लेटीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता छिन्तुले एमाले कांग्रेसको हठका कारण देश जलेको भन्दै जनताले अब देश जलाउनेलाइ भन्दा देश बचाउनेलाई साथ दिने बताए ।
हेटौडा उपमहानगरपालिका १५ चिप्लेटीका जनतालाई एमाले कांग्रेसले धेरै पटक चिप्लाएको भन्दै जनताको सुख दुःखमा सारथी बन्न अब विजय गौतम आएको बताएका छन्।

