
काठमाडौं, १६ चैत :
यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बिचौलियाहरूले सेवाग्राहीलाई हैरानी तथा दुःख दिने, साथै ‘फास्ट ट्रयाक’ मा काम गरिदिने भन्दै अवैध रूपमा रकम असुल्ने गरेको गुनासो आएपछि विशेष अपरेशन सञ्चालन गरिएको थियो।
उक्त अपरेशनकै क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकालाई प्रहरी वृत्त सातदोबाटोमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्। onlaikhabar

