No description available.

१९ असोज २०७८ -मकवानपुर गढी ३ मक्रान्चुली भानु मीनि पिचमा आज बाट मकवानपुरगढी गाउपलिका रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । खेलको प्रमुख अथिति एबं मकवानपुरगढी गाउपलिका का अध्यक्ष बिदुर हुमागाईंले उद्घाटन गर्नु भएको थियो गढी स्टार स्पोर्ट्स क्लबका अध्यक्ष राजु दुलालको अध्यक्ष्यतामा भएको कार्यक्रममा जिल्ला खेल्कुद विकास समितिका अध्यक्ष सानु लामा, जिल्ला फुटबलका संघका अध्यक्ष् टिका लामा, भानु मा .वि बिद्ध्यालय ब्यब्बस्थापन समितिकी अध्यक्ष मानकुमारी पाख्रिन,प्र अ राजेन्द्र थापा, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन दहाल पत्रकार लगाएत को उपस्थिती रहेको थियो

कार्यक्रममा बोल्नुहुदै जिल्ला खेल्कुद विकास समितिका अध्यक्ष सानु लामाले मकवानपुर खेलकुदले राष्ट्रलाई चिनाउने काम गर्छ, सबै जात धर्म वर्ग लाई एउटा मालामा जोड्ने काम गर्छ नया नया खेलाडी उत्पादन गरिरहेको र ती खेलाडीहरुले राष्ट्रिय स्तरका खेल खेलिरहेका छन् अब खेलाडी उत्पादनमा मकवानपुर गढी समेत सफल रहोस भन्ने चाहना ब्यक्त गर्नु भयो र जिल्ला खेल्कुद विकास समितिको तर्फबाट जस्तो सहयोग गर्न पनि आफु तयार रहेको बताउनुभयो

No description available.

तेस्तै , खेलको प्रमुख अथिति एबं मकवानपुरगढी गाउपलिका का अध्यक्ष बिदुर हुमागाईंले बिकाश आखाले देख्ने मात्र नभई आर्थिक, सामाजिक सबै खाले विकाशलाई समान ढंगले अघाडी बढाई रहेको र खेलकुदमा गाउपलिकको सधै सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो

आज बाट सुरु भएको खेल २३ गतेसम्म संचालन हुनेछ । आज ६ टिम बिच खेल भएको छ । आज भएको पहिलो खेलमा सौजन्य युबा क्लबले प्रतिभा युवा क्लब बि लाई ४ ३ गोल अन्तरले पराजीत गरेको छ । तेस्तै दाश्रो खेलमा सनराइज युवा क्लबले नम्बर ८ लाई ४-३ ले पराजित गरको छ भने तेस्रो खेलमा चन्द्र सुर्य युबा क्लबले गढी स्टार क्लबलाई ३-२ ले पराजित गरको छ,तेस्तै अर्को खेलमा देबि डाडा युबा क्लबले मनकामना युबा क्लबलाई ४-० ले पराजित गरेको छ भने सिकरकटेरी युबा क्लबले उध्यमशिल युबा क्लबलाई ४-२ ले पछाडी परेको छ र आजको अन्तिम खेलमा आयोजक गढी स्टारले देबि थान टोलबिकासलाई आत्यधिक ६-० पराजित गरेको छ

भोलि ८ खेल हुदै छ

खेलमा बिजेता समुहले नगद ५०००० सहित ट्रफी,मेडल र प्रमाणपत्र उपबिजेता समुहले नगद ३५००० सहित र तेस्रो हुने समुहले नगद २०००० मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने खेल अवधिभर उत्कृस्ट खेलाडी ,गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई समेत ट्रफी प्रदान गरिने छ ।

No description available.

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्