महिला बालबालिका तथा जेष्ठनागरिक विकास महाशाखा प्रमुखमा १८ वर्षीय शोभा

७ कार्तिक २०७८

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको महिला बालबालिका तथा जेष्ठनागरिक विकास महाशाखा प्रमुखको जिम्मेवारी हेटौडा १२ की १८ वर्षीया किशोरी शोभा सापकोटाले प्राप्त गरेकी छिन् । ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित नेतृत्व र निर्णय कार्यक्रममा Girls get equal अन्तरगत girls take over कार्यक्रममा महाशाखा प्रमुख जगन्नाथ सापकोटाले शोभालाई २ घण्टाको लागि आफ्नो पद हस्तान्तरण गर्नुभएको हो। सो समयमा शोभाले सोही कार्यालयका विभिन्न महाशाखा प्रमुखहरु लाई कसरी बालबालिकालाई इन्टरनेटको पहुँच प्रदान गर्न सकिन्छ र सम्भाव्य घटनाको न्यूनीकरण गर्न महाशाखाबाट के के गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गर्नुभएको थियो ।

ग्रामीण महिला सेवा केन्द्रकी सचिव अचला शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको विशिष्ट आथित्यतामा रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका विशिष्ट अतिथि एवं हेटौँडा उपमहानपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले यो कार्यक्रमले सांकेतिक रुपमा ठूलो सन्देश दिएको र महिलालाई नेतृत्व तहसम्म पुर्याउन गहन भूमिका खेल्ने बताउनु भयो । त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि एवं हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले चलचित्रमा देखेको कुरा आफै कार्यालयमा गर्न र हेर्न पाउँदा खुशी लागेको बताउँदै प्लान इन्टरनेसनलले मकवानपुरको समग्र विकासमा ठूलो भूमिका खेलेको र आगामी दिनहरुमा किशोरीहरुलाई राज्य सञ्चालन प्रक्रियाबारे पनि सहजीकरण गर्न आग्रह गर्नुभयो । कार्यक्रमकी सभाध्यक्ष एवं ग्रामीणकी सचिव अचला शर्माले आगामि दिनहरुमा हेटौडा उपमहानगरपालीकासंग समन्वय गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा प्लान ईन्टरनेशनलकी कार्यक्रम संयोजक शृजना बज्राचाय ग्रामिण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दीपक न्यौपाने , DRR सुपरभाईजर ,SBCC सहजकर्ता सामाजिक परिचालिका लगायतको उपस्थिति रहेको थियो ।

Flash News राजनीति समाचार