कात्तिक १८, २०७८

गढी स्टार स्पोर्टस् क्लबको आयोजनमा भएको गढी भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक गढी स्टार स्पोर्टस् क्लबले जीतेको छ । प्रतियोगितामा गढी स्टार स्पोर्टस् क्लब र गढी ४ को प्रतिभा युवा क्लब बिच भएको फाईनल खेल ३—३ को बराबरी भए पछि पेनाल्टी सुट आउटमा आयोजक गढी स्टार स्पोर्टस् क्लब १ —० ले बिजयी भएको हो ।

दिपावलीको अबसरमा आयोजना गरीएको प्रतियोगितामा मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ र ४ का ६ वटा टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा गढी स्टार स्पोर्टस् क्लब ,प्रतिभा युवा क्लब ,कालीखोला फुटबल क्लब , मनकामना भेट्रान्स, देबि डाँडा भेट्रान्स,अभियान एग्रो प्रा लि र स्याग्रे गुम्बा भेट्रान्सको सहभागिता रहेको थियो ।

प्रतियोगितामा समुह ए को बिजेता बन्दै गढी स्टार भेट्रान्स र समुह बि को बिजेयता बन्दै प्रतिभा युवा क्लब फाईनल पुगेको थियो । प्रतियोगितामा बिजयीले ३० के. जी. को खसी पुरस्कार पाएको छ भने दोस्रो हुनेले नगद ५ हजार पुरस्कार प्राप्त गरेको आयोजक गढी स्टार स्पोर्टस् क्लबका अध्यक्ष राजु दुलालले जनाएका छन । खेल गढी ३ मक्रान्चुलीमा रहेको फुटसल मैदानमा भएको हो । खेलमा राजेन्द्र थापा रेफ्रि रहनु भएको थियो ।

 

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्