१५ पौष २०७८ – मकवानपुरगढीमा विहीबारबाट सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा आयोजक क्लब आमभञ्ज्याङ युवा क्लबको विजयी सुरुवात भएको छ । हटिया स्पोर्ट क्लबलाई पराजित गराएको हो ।
विहीबार सातवटा खेल भएको छ । आजको खेलमा कैलाश गाउँपालिका र स्व. सुनिता स्मृति प्रतिष्ठानबीच भएको खेलमा प्रतिष्ठान विजयी भएको छ । त्यस्तै, आमभञ्ज्याङ युवा क्लब बी र मेटोक युवा क्लबबीच भएको खेलमा मेटोक युवा क्लब विजयी भएको छ । अर्को खेलमा हटिया स्पोर्ट क्लब र भानु मावि भएको खेलमा हटिया विजयी भएको छ भने कोटडाडाँ युवा क्लब र छहारी युवा क्लबबीच भएको खेलमा छहारी विजयी भएको छ ।
त्यस्तै, कैलाश गाउँपालिका र नागरिक सचेत क्लबबीच भएको खेलमा नागरिक सचेत विजयी भएका छन् भने मेटोक युवा क्लब र बकैया गाउँपालिकाबीच भएको खेलमा मेटोक विजयी भएको खेल संयोजक इन्द्रप्रसाद सञ्जेलले बताए । लिग चरणमा खेलाईने प्रतियोगितामा १२ वटा टिम सहभागिता रहेका छन् ।
आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजनामा प्रतियोगिता भएको हो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा रहेको उद्घाटन कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, कार्यक्रम संयोजक तथा जिल्ला भलिवल संघका ूिर्व उपाध्यक्ष इन्द्रप्रसाद सञ्जेल, नेपाली कांग्रेसका क्षेत्र २ का निवर्तमान सभापति यतिराज सापकोटा, माओवादी केन्द्रका गाउँपालिकाका उपाध्यक्ष युवराज सापकोटा, एमालेका वडा ५ कमिटिका अध्यक्ष कृष्ण बहादुर गोले लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीका साथै खेलप्रेमीहरुको अतिथ्यता रहेको थियो । क्लबका अध्यक्ष राजेश अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष राजेश अधिकारीले बताए ।
प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितालाई मकवानपुरगढी गाउँपालिकाले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाइ २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।(शिधा खबर डट कम बाट)