११ भदौ २०७९
वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणको आधार नै शिक्षा रहेको बताउनुभएको छ । प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको मकवानपुरको मनहरी गाऊँपालिकामा मात्र बसोबास रहेको लोपोन्मुख जाति वनकरिया बस्तिमा दर खाने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री मोक्तानले वनकरिया बालबालिकाहरुलाई लगनशिल भएर पढ्न अनुरोध गर्दै पढाईको ब्यबस्था प्रदेश सरकार र स्थानिय सरकारले गर्ने जानकारी दिनुभयो । महिला मुखिया हुने मातृसत्तात्कम समाज रहेको वनकरियाहरुमा शैक्षिक स्तर उकास्न सकेमा लोपोन्मुख वनकरिया देशको मुलधारमा आउन सक्ने सकेत उहाँले बताउनुभयो ।
त्यसैगरी वाग्मती प्रदेशसभा सांसद प्रेम बहादुर पुलामीले गाँस, बास, कपास, स्वास्थ्य शिक्षा र रोजगारी जनताको मौलिक हक भएको बताउदै राज्यले वनकरियालाई जन्मने बित्तिकै सामाजिक सरक्षा भत्ता बितरण गरिरहेको बताउनुभयो । उहाँले अबको वनकरिया शिक्षित वनकरिया हुनुपर्ने बताउँदै शिक्षामा लगनशिल हुन आग्रह गर्नुभयो । हालसम्म वनकरियाहरुको समाचार बन्ने गरेको र समाचारले नै उनिहरुलाई जंगलबाट बस्तिमा ल्याएको भन्दै सांसद पुलामीले अबको दिनमा पत्रकारिता पढेर आफैले समाचार बनाउन पनि वनकरिया छात्रछात्रालाई सुझाउनुभयो ।
कार्यक्रममा अगुवा वनकरिया सन्तोषी वनकरियाले अब नेता तथा जनप्रतिनीधिहरुले वनकरिया बस्तिमा राहतका पोका भन्दा पनि शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका अबसर लिएर आउन सुझाउनुभयो । उहाँले खानको लागि मेहनत गर्न सकिने तर बर्षौदेखी आफुले भोगचलन गर्दै आएको जमिन आफुहरुको हुनुपर्ने र घर बनाएर बस्न पाउनुपर्ने माग राखनुभयो ।
प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको वनकरिया संग दर खाने कार्यक्रममा मनहरी गाऊँपालिका उपाध्यक्ष सीता पुलामी, वडा अध्यक्ष प्रकाश थापा लगाएतले वनकरियालाई स्थानिय सरकारले पनि महत्वका साथ हेरेको बताउनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्