७ असोज २०७९
मक्रान्चुली । मकवानपुरगढी  ३  मक्रान्चुलीमा रहेको भानु माध्यामिक बिद्यालयकोे आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा पालिका स्तरिय शिक्षक फुटबल प्रतियोगिता  शुक्रबारदेखि सुरु भएको छ । बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष मानकुमारी पाख्रिनको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रम वडा अध्यक्ष , बिधालयका प्रधानाध्यापक , शिक्षक , बिभिन्न संघ संस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो । मकवानपुरगढी  ३  मक्रान्चुलीमा रहेको भानु मिनिपिचमा शुरु भएको खेलमा
मकवानपुरगढी गाउँपालिका भित्र रहेका नौ  बिद्यालयको सहभागिता रहेको छ ।  प्रतियोगितामा भानु माबि, शारदा माबि, जनक माबि , रुपनारायण माबि , जनता माबि, जालपा देबि आधारभुत बिध्यालय, रानिशेरा माबि, बंश गोपाल माबि, ज्वाला देबि आधारभुत बिद्यालय सहभागि भएको छ । प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक भानु माबिले ज्वालादेबि आधारभुत बिद्यालयलाई १६ – ० ले पराजित गरेको छ । प्रतियोगिता असोज ९ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्