७ असोज २०७९ – मकवानपुरगढी गाउँपालिका ३ मा रहेको भानु माध्यामिक बिद्यालयकोे आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रयोजनमा पालिका स्तरिय शिक्षक फुटबल प्रतियोगिता गढी ३ मा रहेको भानु मिनि पिचमा शुक्रबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक भानु माबिले ज्वालादेबि आधारभुत बिद्यालयलाई १६- ० ले पराजित गरेको छ । आजै भएको दोस्रो खेलमा शारदा माबिले जनता माबिलाई ६-१ ले पारजित गरेको छ । तेस्रो खेलमा जल्पादेबी माविलाई जनक माविले 6-o ले पराजित गर्यो भने आजकै चौथो खेलमा भानु माबिले रानीशेरा माबिलाई ८-२ ले पराजित गर्यो भने बंशगोपाल माबिलाई रुपनारायण माबिले १९ – ० ले पराजित गरेको छ ।
आजै भएको अन्तिम खेलमा रानीशेरा माबिले ज्वालादेबि माबिलाई ५ -२ ले पराजित गरेको छ । प्रतियोगिता असोज ९ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।