१४ असोज २०८०
मकवानपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा राजेन्द्र कार्की आउनु भएको छ । प्रमुख प्रशासकिय अधिकृत कार्कीलाई आज गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तान उपाध्यक्ष मानकुमारी पाख्रीनले स्वागत गर्नु भएको हो ।
सिन्धुलीको फिक्कल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रहनु भएका कार्की सरुवा भएर मकवानपुरगढी गाउँपालिका आउनु भएको हो । पद बहाली गरेपछी रेडियो मकवानपुरगढी सङ्ग कुरा गर्दै प्रमुख प्रशासकिय अधिकृत कार्कीले गाउँपालिकाको सेवा प्रबाहलाई छिटो छरितो बनाउने साथै शुसासन र पार्दर्शितामा जोड दिने बताउनु भयो । उहाले गाउँपालिकालाइ सुचना प्रबिधीमैत्री बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । कार्यालयमा हाजिरिलाइ ब्यबस्थित गर्ने साथै कार्यालय समय भित्र कर्मचारीलाई अन्यत्र खोज्न नपर्ने गरि सेवा प्रवाहलाइ चुस्त दुरुस्त बनाउने बताउनु भयो । यसअघि मकवानपुरगढी गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनु भएका शैलेन्द्र भण्डारी छोटो समयमै सरुवा लिएर जानू भएको थियो ।