
२० माघ २०८०
मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा लायन्स क्लब हेटौंडाको समन्वय साथै हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार मकवानपुरगढी स्वास्थ्य चौकी शिखरकटेरीमा आँखा शिविर सम्पन्न भएको छ।
शिविरमा १६१ जनाले आँखा परीक्षण गराएका छन । आँखा परीक्षण गराएका मध्ये २५ जनामा मोतिविन्दुको समस्या देखा परेको छ। मोतिविन्दु पहिचान भएका विरामीको यही माघ २४ गते हेटौंडा सामुदायिक आँखा अस्पतालमा नि:शुल्क अप्रेसन हुने मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुर्ब प्रसाद लामिछानेले जानकारी दिनु भएको छ ।
शिविरमा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले पनि आफ्नो आँखा परिक्षण गराउनु भएको थियो । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बखान सिंह पाख्रीन र वडा सदस्यहरु,मकवानपुरगढी स्वास्थ्य चौकी प्रमुख नवराज सुवेदी सहितको टिम,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायतकाको सहभागिता रहेको थियो ।

