कार्यालयमा कर्मचारी नभेट्दा सेवाग्राहीलाई सेवा लिन कठिन।


२०८० माघ २३
सरकारी काम कहिले जाला घाम भन्ने नेपाली उखान चरितार्थ गर्दै सरकारी कार्यालयहरुमा कर्मचारीहरु समय सम्म नबस्ने समस्या मकवानपुरगढी गाउँपालिका कार्यालयमा पनि सामान्य जस्तै भइसकेको छ ।
सोमबार रेडियो मकवानपुरगढीले छड्के रिपोर्टिङ गर्ने क्रममा कार्यालयका अधिकांश शाखाहरूमा रहेका कर्मचारिका कुर्सी खाली भेटिएका थिए ।
सरकारी कार्यालय  बिहान १० बजे देखि ५ बजे सम्म खुल्ने भए पनि रिपोर्टिङको क्रममा ४ बजेर १५ मिनेटमा पुग्दा अधिकांश कर्मचारीहरु कार्यकक्षमा भेटिएनन ।
शुरुमा हामी प्रशासन शाखामा पुग्दा प्रशासन सहायक किरण मोक्तानलाई भेटेउ । उहाँलाई लिएर हामी सबै शाखामा पुग्दा अधिकांश कर्मचारी थिएनन् । हामी पुग्दा स्वास्थ्य शाखामा एक जना , लघुउद्देम शाखा मा १ जना, सामाजिक विकास शाखामा शाखा प्रमुख र प्राबिधिक शाखामा आइटीका २ जना र कार्यालय सहयोगि बाहेक अरु कुनै कर्मचारी भेटिएनन, कार्यालयमा कर्मचारी नभेटिएको विषयमा प्राशासन सहायक मोक्तान सङ बुज्दा धेरै कर्मचारी फिल्डमा , कुनै कर्मचारी तालिम र कुनै कर्मचारी बिरामी , कुनै कर्मचारी काम परेर निस्किएको बताएका थिए ।
कार्यालयमा काम नै प्रभावित हुने गरि  कर्मचारी नभेटिनु कर्मचारिको गैरजिम्मेवार  कार्य भएको सेवाग्राहिले बताएका छन ।  कर्यालयमा ई-हाजिरिको ब्यबस्था भए पनि त्यसको समेत प्रवाह नगरी कर्मचारी कार्यालयबाट कार्यालय समय अगाडिनै निस्कने गरेका छन ।
कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत र जनप्रतिनिधी कार्यालयमा हुदा कर्मचारी समय सम्म बसे पनि उहाँहरु नहुदा यस्तै हुने गरेको एक सेवाग्राहीले गुनासो गरेका छन ।

Flash News Slide Uncategorized राजनीति रोचक समाचार स्थानीय