मकवानपुरमा ट्रेड युनियन महासंघले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनायो

१८ वैशाख, हेटौंडामा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइएको छ । हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिख,१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज हेटौंडामा पनी कार्यक्रम गरी मनाइएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला समिति, मकवानपुरको आयोजनामा हेटौंडामा र्याली निकालेर दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा बागमती प्रदेश सासंद कुमारी मोक्तानले हामी श्रमजीवी सगं जोड्ने उत्पादन सगं जोड्ने र हामीले हाम्रो दिगो रुपमा लाग्न पर्नेछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति देशमा श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रूपान्तरण सम्भव रहँदैन ।

नेकपा माओवादी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमले मजदुर आन्दोलन भनेको पेसागत आन्दोलन मात्र हैन समाजमा देखिएको हरेक मजदुरको हक, हित र अधिकार स्थापित गर्न योगदान गर्ने विश्वास राख्ने र श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने बताए ।

हेटौंडाको भुटनदेवी रोडबाट निकालिएको र्यालीले हेटौंडा-९ हनुमान गेट सम्म परिक्रमा गरेको थियो । नेकपा माओवादी निकट ट्रेड युनियनको आयोजनामा गरिएको कार्यक्रममा हेटौंडाको विभिन्न उद्योग, कलकारखाना, विभिन्न सघं संस्था कार्यालयहरूमा कार्यरत श्रमिकहरुको सहभागिता रहेको थियो ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइने गरिन्छ । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा मे दिवसको दिन सार्वजनिक बिदा दिन थालिएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य प्रमिला लामा, बागमती प्रदेश सासंद प्रेम बहादुर पुलामि (छिन्तु), अखिल नेपाल ट्रेड युनियन महासंघ बागमति प्रदेश अध्यक्ष मिलन लामा, सर्केश घलान, भिम पाख्रिन, बिर बा. घलान (ज्वाला), ललित घलान, बिवेक राई, कमान सिं पाख्रिन लगायत अन्य मजदुर नेताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम रामशरण घिमीरे (भान्जा) को सभाध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *