मजदुर पुनबर्हाली नगरे एसियन पेन्ट्स ठप्प पार्ने

हेटौंडा औधोगिक क्षेत्रमा उत्पादन कारखाना रहेको बहुराष्ट्रिय कम्पनी एसियन पेन्टस्ले गैरकानुनी तरिकाबाट निश्कासन गरेको कर्मचारी पुनर्बाहली नगरेको बिरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् । गत जेठ ८ गते उद्योगका कर्मचारी अर्जुन ढकाललाई उद्योग प्रशासनले बिना कारण निश्कासन गरेको थियो । ढकाललाई निश्कासन गरेपछि उद्योगका कर्मचारीहरुले गत जेठ ९ गते प्रदर्शन गरी पुनर्बहालीको माग गरेका थिए ।

हालसम्म उक्त कर्मचारीको पुनर्बहाली नभएकोले आखिल नेपाल औधोगिक मजदुर संघ एसियन पेन्ट्स (नेपाल) प्रा.लि. ईकाई समितिले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार एक बिज्ञप्ती जारी गर्दै संघले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

ईकाई समितिका अध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको बिज्ञप्तीमा जेठ १८ गते आईतबारदेखि कालोपट्टी बाधेर काम गर्ने, २५ गतेदेखि प्रत्येक दिन २–२ घण्टा बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म पेन डाउन गरी कार्यस्थलमा बस्ने र २८ गतेदेखि प्रत्येक दिन ४–४ घण्टा बिहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो २ बजेदेखि ६ बजेसम्म पेन डाउन गरी कार्यस्थलमा बस्ने उल्लेख छ ।
बिज्ञप्तीमा कर्मचारी ढकाललाई पुनर्बहाली नगरे असार १ गतेदेखि पुनबर्हाली नगरेसम्म उद्योगको कामकाज ठप्प पारी कार्यालय परिसरमा उपस्थित भई दवाव दिने उल्लेख गरिएको छ ।

२०६५ साल बैसाख १ मा स्थायी नियुक्ति पाएका ढकाललाई उद्योग प्रशासनले बिना कारण निष्काशन गरेको मजदुर संगठनले आरोप लगाएका छन् ।

उद्योगमामा कार्यरत ढकाललाई बिना कारण निष्काशन गरेपछि श्रम तथा रोजगार कार्यालय र जिल्ला प्रशासन कार्यालयले उद्योग प्रशासनलाई निश्कासन नगर्नु भन्ने दिएको आदेश समेतलाई अटेर गर्दै उद्योग प्रशासन अगाडि बढेपछि मजदुर आन्दोलित भएको अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला समितिका अध्यक्ष रामशरण घिमिरे (भान्जा)ले बताए ।

कर्मचारी आन्दोलनका बिषयमा उद्योगका मानव संशाधन बिभागका बिक्रम सञ्जेललाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *