शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा फुटबल प्रतियोगिता हुदैं

 शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा आयोजित तेस्रो खुल्ला ८ ए साइड फुटबल प्रतियोगिता जेठ २५ गतेदेखि सुरु हुने भएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा हुने प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको आयोजना मकवानपुरगढी गाउँपालिकाको कार्यालयले गरेको हो । सह–आयोजकको रूपमा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीको सक्रिय भूमिका रहनेछ । आयोजको अनुसार प्रतियोगितामा सहभागी टिमहरूले रु ५ हजार ५ सय रुपैयाँ इन्ट्रि फि तिर्नुपर्ने छ ।

त्यस्तै प्रतियोगितामा पहिलो हुने टिमलाई पुरस्कार रु. ७५ हजार र दोस्रो हुने टिमलाईरु. ४० हजार प्रदान गरिने मकवानपुर गढी खेलकुद विकास समितिका अध्यक्ष बाबु लामाले बताउनुभयो । टिम दर्ताको अन्तिम म्याद जेठ २४ गते बिहान १० बजेसम्म तोकिएको अध्यक्ष लामाले बताउनुभयो । आयोजकले सिट सीमित रहेको जानकारी दिँदै इच्छुक टिमहरूलाई समयमै दर्ता गराउन आग्रह समेत गरेका छन् । प्रतियोगिताबाट स्थानीयस्तरमा खेलकुदको विकास र युवाबीच सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास आयोजकले लिएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *