
२८ चैत२०८२
मकवानपुरगढी ३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष शत्रुघन दुलालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली पाखिन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने वडा नं. ३ का वडाध्यक्ष भागवत घिमिरे विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल, व्यवस्थापक शशी लम्सल, हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शरस्वती अधिकारी तथा कालीदेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष विक्रम योन्जनलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि आतिथ्यता रहेको थियो।
स्थापना दिवसको अवसरमा नृत्य प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता आयोजना गरिनुका साथै आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट शेयर सदस्यहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
स्थापना दिवसको अवसरमा आयोजित नृत्य प्रतियोगितामा प्रयुक्ति सापकोटा प्रथम, जिज्ञासा चौलागाईं द्वितीय र जेनिसा श्रेष्ठ तृतीय स्थान हासिल गर्न सफल भए। निबन्ध प्रतियोगितामा विमर्श अधिकारी प्रथम भएका थिए।
यस्तै सेयर सदस्य सम्मान कार्यक्रम अन्तर्गत मुख्य कार्यालयतर्फ उत्कृष्ट बाल बचतकर्तामा आयुष सापकोटा (मकवानपुरगढी–४) र ईशा पौडेल (मकवानपुरगढी–३) सम्मानित भए भने सेवा केन्द्रतर्फ जयल मुक्तान (हेटौंडा–१६) र पुजना मानन्धर (हेटौंडा–१७) उत्कृष्ट बाल बचतकर्ताको रूपमा सम्मानित भए।
उत्कृष्ट नियमित बचतकर्ता (मुख्य कार्यालय) अन्तर्गत नानु स्याङवो घलान (मकवानपुरगढी–३) र बलराम भट्टराई (मकवानपुरगढी–३) सम्मानित भए।
त्यसैगरी, उत्कृष्ट नियमित बचतकर्ता (सेवा केन्द्र) तर्फ रमा घिमिरे (हेटौंडा–१६) र राम सिं घलान (हेटौंडा–१६) सम्मानित भएका छन्।
उत्कृष्ट ऋणी (मुख्य कार्यालय) अन्तर्गत सीमा कुमारी चौलागाईं (मकवानपुरगढी–३) र सुबास लम्साल (मकवानपुरगढी–४) लाई सम्मान गरिएको थियो भने उत्कृष्ट ऋणी (सेवा केन्द्र) तर्फ मिना कुमारी चौलागाईं (हेटौंडा–१७) र नवराज सापकोटा (हेटौंडा–१८) सम्मानित भएका छन्।
त्यस्तै, जेष्ठ नागरिक सदस्य सम्मान अन्तर्गत ठुलीमाया दोङ तामाङ मकवानपुरगढी–४, मैयादेवी महत मकवानपुरगढी–३, र नोकुमारी गिरी मकवानपुरगढी–३,लाई सम्मान गरिएको थियो।
संस्थाको उत्कृष्ट कर्मचारी सम्मान अन्तर्गत व्यवस्थापक मेनुका दाहाललाई सम्मान गरिएको छ। उहाँ २०७२ चैत १ गतेदेखि २०७६ सालसम्म लेखापालका रूपमा कार्यरत रहनुका साथै २०७६ सालदेखि हालसम्म व्यवस्थापन प्रमुखको रूपमा कार्यरत रहनुभएको छ। उहाँ जिल्ला तथा प्रदेशस्तरीय संघबाट समेत उत्कृष्ट व्यवस्थापकको रूपमा पुरस्कृत भइसक्नु भएको छ।
कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम को सन्चालन सस्थाकी सचीव सरिता बराइलीले गर्नु भएको थियो ।
कार्यक्रमले सहकारीप्रतिको विश्वास अझ मजबुत बनाउँदै सदस्यहरूबीच एकता, सहकार्य र उत्साह थपेको संस्थाका अध्यक्ष शत्रुघन दुलालले बताउनुभयो।

