मकवानपुरगढीमा क्वारेन्टाईन निर्माण गरीने ।

मकवानपुरगढी गाउँपालीकाले बिदेशबाट तथा बाहीरी जील्लाबाट आउने आफ्ना नागरीकलाई कोरोना जोखीमबाट बचाँउन क्वारेन्टाईन निर्माण गर्ने भएको छ ।
गाउँपालीकाको वडा नम्बर २ शिखरकटेरीको चण्डिका माध्यामिक बिधालय र वडा नम्बर ६ स्थित बागदलीको ईश्वरी प्राथामिक बिधालयमा १० शैयाको क्वारेन्टाईन निमार्ण गर्ने निर्णय गरीएको छ ।
बिश्वमा कोरोनाको संक्रमण फैलिए पछि ५ जना बिदेशबाट आफ्नो घर फर्कीएका छन । उनीहरुलाई गाउपालीकाले उच्च निगरानीमा राखेको र संक्रमण फैलिन नदिन टोल टोलमा माक्स बितरण र साबुन पानीले हात धुने ब्यबस्था गरीने गाउपालीकाले जनाएको छ ।
सरकारले लगाएको लक डाउनको अबधिको पुर्ण पालना गर्न गराउन प्रचार प्रसार गरी सचेतना फैलाउने काम गरीरहेको वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरेले बताउनु भयो । गाउँपालीकामा अत्याबस्यक बाहेका सवारी साधन आउजाउमा रोक लगाउन नाकाहरुमा चेकजाचमा कडाई गरीएको छ ।
कोरोना भाईरस संक्रमण जोखीम नियन्त्रणकोलागि जिल्ला स्थीत गठन भएको बिपद ब्यबस्थापन कोषमा गाउँपालीकाले २ लाख रुपैया जम्मा गर्ने मंगलबारबसेको आकस्मीक बैठकले निर्णय गरकोे छ ।
साथै लकडाउनको समयमा कृर्षी ,पसुजन्य उत्पादनको बजारी करणको ब्यबस्थापन गर्ने निर्णय पनि गरेको छ । उपभोग्य सामाग्री ओसार पसार गर्न जील्ला प्रसासन कार्यालय संग सम्वय गरी सवारी साधनलाई पास उपलब्ध गराउने जनाईएको छ ।
बैठकले लकडाउनको अबधिभर खटिने स्वास्थ्य कर्मी र सुरक्षा कर्मीहरुलाई दैनिक खाना तथा खाजा खर्चबापत प्रति ब्यक्ति पाँच सय रुपैया उपलब्ध गराउने निर्णय भएको छ ।
गाउपालीकाको वडा नम्बर ५ डुम्रेकुनामा निर्माण हुने १५ शैयाको अस्पताल को बिस्तृत परियोजना प्रतिबेदनमा २ करोड भन्दा बढी लागत अनुमान तयार भएकोले बहुबर्षीय ठेक्का खोल्नका लागि आबश्यक छलफल गरी स्वकीत गर्ने निर्णय गरेको छ ।
गाउपालीका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष हर्कमाया रुम्बा , वडा नम्बर १ का अध्यक्ष आईत सिं लो , वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रीन, वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे , वडा नम्बर ४ का अध्यक्ष राम प्रसाद तिमल्सिना वडा नम्बर ५ का अध्यक्ष जित बहादुर घिमिरे, वडा नम्बर ६ का अध्यक्ष टिका प्रसाद दहाल, वडा नम्बर ७ का अध्यक्ष सूर्य बहादुर रुम्बा, वडा नम्बर ८ का अध्यक्ष कुमार सिं घिसीङ, गाउँवालीकाका कार्यकारी प्रमुख रामकुमार पुडासैनी लगायत कार्यपालीका सदस्यहरुको उपस्थिती रहेको थियो ।

Flash News समाचार