अमिर परिश्रमी
१८ फागुन २०७९ – सोचाई संस्था काठमाण्डौको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा हेर्टौडामा युवा किशोरीहरुको लागि आयोजना गरिएको ५ दिने राजनितिक सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको छ।
युवा किशोरीहरुलाई राजनितिक शिक्षा दिएर समुदायमा गर्न सकिने क्रियाकलाप तथा निति कार्यक्रम पुनर्रताजकि गर्ने, संबिधानको बारे जानकारी गराउने,राजनितिक बिषयमा उपयुक्त सचेतना गराउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको सोचाई संस्थाकी संचार बिभाग प्रमुख नेहा कार्कीले बताउनु भयो । उक्त कार्यक्रमको अन्तिम दिनमा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी पाख्रिन संग कार्यक्रमका सहभागिहरुले उहाँको राजनितिक संघर्ष यात्रा लगायतका बिषयमा अन्तर गरेका थिए। अन्तरक्रियामा बोल्नु हुदै उपाध्यक्ष पाख्रिनले आफु समाजको हरक्षेत्रमा युवा परिचालन गर्न केन्द्रित रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका,मनहरी गाउँपालिका,राक्सीराङ गाउँपालिका ,बागमति गाउँपालिका, हेटौडा उपमहा नगरपालिका बाट २३ जना युवा संजाल,परिवर्तनका संवाहक,पोषण सहजकर्ता युवा किशोरीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रक्रृती ढकाल र अधिवक्ता भावना भण्डारीले सहजिकरण गर्नु भएको थियो भने आयोजक सस्थाकी कार्यक्रम संयोजक अपेक्षा बोहोरा, संस्थाका प्रशासन तथा वित्त अधिकृत सबिन श्रेष्ठ , संचार बिभाग प्रमुख नेहा कार्की लगाएतको उपस्थिति रहेको थियो।
आयोजक संस्थाले स्थानीय संस्था ग्रामिण महिला सेवा केन्द्र संगको समन्वयमा कार्यक्रम संचालन गरेको थियो।