भीमसेन पाैडेल
१५ साउन, हेटाैडा ।
रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नाे वनक्षेत्रमा वृक्षारोपण गरेकाे छ ।
दशाै सामुदायिक दिवसको अवसरमा समूहले चाैघडा मक्राञचुली कृषि सडककाे दायाँबायाँ विभिन्न प्रजातीका विरुवाकाे वृक्षारोपण गरिएको हाे । समूहले आँप, एभाेकाडाे, लिची, अम्बा, कागती लगायतकाे २ सय ५० वटा विरुवाकाे वृक्षारोपण गरिएको थियोे । डिभिजन वन कार्यालय, मकवानपुरले विरुवा उपलब्ध गराएकाे हाे ।
हेटाैडा – ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष केशव धितालकाे सभाध्यक्षतामा कार्यक्रम भएको थियाे ।
कार्यक्रममा वडा सदस्य विजय पाैडेल, लेखराज ढकाल, समूहका उपाध्यक्ष महेन्द्र श्रेष्ठ, समूहका पदाधिकारी, लेखा समिति , उपभोक्ता लगायतकाे सहभागीता रहेकाे थियाे ।

