बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि कांग्रेसका इन्द्र बानियाँको दाबी पेश, बानियाँ मुख्यमन्त्री बन्ने निश्चित

 श्रावण १९ – बागमती प्रदेशमा बहुमत प्राप्त दलको समर्थनसहित सरकार गठनको दाबी पेश गरिएको छ। नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा काँग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी प्रस्तुत गरिएको हो।

प्रदेश प्रमुखको कार्यालयमा सोमबार दर्ता गरिएको दावीसहित प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा उल्लेख अनुसार, बागमती प्रदेश सभाका जम्मा ११० जना सदस्यमध्ये नेपाली कांग्रेसका ३७ जना र एमालेका २७ जना गरी कुल ६४ जना सांसदको समर्थन रहेको जनाइएको छ।

दावी पत्रमा उल्लेख छ कि संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतको समर्थन प्राप्त नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था अनुरूप इन्द्र बहादुर बानियाँको नाम प्रस्ताव गरिएको हो।

दावी पत्रमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ र नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर रहेको छ।

प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री नियुक्तिका लागि आजै आह्वान गरिएकामा आजै कांग्रेस–एमाले गठबन्धनले बहुमत दाबी गर्दै सरकार गठनको प्रक्रिया अघि बढाएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *