
१५ फागुन२०८२
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिस्ट पार्टीप्रति जनलहर बढ्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको पार्टीले जनाएको छ।
बागमती गाउँपालिका–५ बगेरीको माझी बस्तीका अधिकांश स्थानीय एमाले र कांग्रेस परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार आयोजित चुनावी सभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय गौतम र केन्द्रीय सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए।
यसैगरी बागमती गाउँपालिका–६ कायरमा भेटघाट तथा चुनावी सभा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाले उमेदवार गौतम प्रती अपार समर्थन जनाएका छन्।यस्तै वडा नम्बर–८ शान्तीपुरमा आजै घरदैलो भेटघाट तथा मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो भने वडा नम्बर–७ पथिभरामा सम्पन्न सभामा ठूलो संख्यामा स्थानीय शुभेच्छुकहरूको सहभागिता रहेको थिए ।
शुक्रबार नेपाली कम्युनिस्ट पार्टीले फापरबारी बजार, शान्तीपुर, झुर्झुरे, बगेरी बाख्रे , लामीटार, रातोमाटे लगायत स्थानमा भेटघाट तथा चुनावी सभा गरेको छ । आजै उम्मेदवार गौतम सहितको टोलीले फापरबारी बजारमा मतदाता सँग घरदैलो तथा भेट्घाट कार्यक्रम गरेको छ। उक्त अवसरमा स्थानीयले उम्मेदवार गौतमलाई उत्साहजनक समर्थन जनाएका छन ।
आजै बागमती गाउँपालिका–६ अर्नादमारमा पनि घरदैलो तथा टोलभेला सम्पन्न भएको छ।
उम्मेदवार विजय गौतमले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। केही दिनअघि प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा गौतमले आफूले २६ देखि २७ सय मत अन्तरले चुनाव जित्ने दाबी गरेका थिए। यस क्षेत्रमा गौतमलाई सशक्त उम्मेदवारको रुपमा हेरिएको छ।

