सानैमा आमा गुमाएर टुहुरो बनेका उम्मेदवार विजय गौतमलाई बकैयाबासी आमाहरूको आशीर्वाद”

मकवानपुर । प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का नेकपाका उम्मेदवार विजय गौतमलाई आफ्नै गृहपालिका बकैया गाउँपालिकामा घरदैलो अभियान तथा भेटघाट क्रममा स्थानीय वृद्ध आमाहरूले सानै उमेरमा आमा गुमाएको टुहुरो छोरा भन्दै चुनावी सफलताको आशीर्वाद दिएका छन्।
बकैया बासी आमा–हजुरआमाहरूले उम्मेदवार विजय गौतमलाई “हाम्रो छोरा” भन्दै शिरमा हात राखेर जितको आशीर्वाद दिएका थिए।
स्थानीय वृद्ध आमाहरूले उनको बाल्यकाल सम्झिँदै भने, “जन्मदिने आफ्नो आमाको माया पाउन पाएन, तर असल भएर सबैको प्यारो बनेको छ। अब हाम्रो आशीर्वाद सधैं साथ रहोस्।”
गौतमले बाल्यकालमै आफ्नी आमा गोमा गौतम लाई गुमाएका थिए। ३६ वर्षको उमेरमा ब्लड क्यान्सरका कारण उनको निधन भएको थियो। मातृत्वको माया सानैमा हराएका गौतमका लागि वृद्ध आमाहरूको स्पर्श र आशीर्वादले उक्त क्षण भावुक बनाएको थियो।
आशीर्वाद ग्रहण गर्दै गौतमले आफूलाई दिएको माया र विश्वास जीवनभर सम्झिने बताएका छन्। “तपाईंहरू सबै मेरो आमा जस्तै हुनुहुन्छ। यहाँको आशीर्वादलाई सिरमा राखेर जनताको सेवा गर्नेछु,” उनले प्रतिक्रिया दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *