मकवानपुरगढीमा कक्षा ८ को नतिजा प्रकाशनमा त्रुटी

मकवानपुरगढी । मकवानपुरगढीमा २०७६ सालमा लिईएको कक्षा ८ को गाउँ स्तरीय परिक्षाफल प्रकाशनमा त्रुटी देखिएको छ ।

हालै प्रकाशन गरिएको कक्षा ८ को नतिजामा वडा नं ३ मा रहेको श्री सरस्वती आधारभुत विद्यालयबाट परिक्षा दिएकी एक छात्राको नतिजा शंकास्पद भएपछि विद्यालयले त्यसको यथार्थ खोजी गर्ने क्रममा त्रुटी फेला परेको जानकारी प्राप्त भएको विद्यालयका प्रधानाध्यापक बिस्णुप्रसाद सापकोटाले बताउनु भएको छ ।

यस विषयमा गाउँपालिका कार्यालय शिक्षा शाखा प्रमुख रामबहादुर घलान सँग कुराकानी गर्दा नतिजामा त्रुटी भएको आफुले पनि सुनेको र यथार्थ बुझी नतिजा सच्याउनु पर्ने भएमा सच्याइने बताउनु भएको छ ।

त्रुटिपूर्ण परिक्षाफल प्रकाशन हुँदा सम्बन्धित विद्यार्थीलाई आघात पर्नुका साथै विद्यालय मुल्यांकनमा समेत असर पर्ने भएको हुँदा परिक्षा तथा मुल्यांकनमा गंभिरता पुर्वक कार्य गर्नुपर्ने विद्यालय ब्ययवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद तिमल्सिनाले बताए ।

रेडियो मकवानपुरगढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *