मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको तिमल्सिना कृषि तथा फलफूल फार्मले म्यासेज गरेकै भरमा मकवानपुरगढी लगायत वागमती प्रदेशको राजधानी हेटौंडाका घर घरमा तरकारी उपलब्ध गराउने जनाएको छ ।
जसको लागि तिमल्सिना कृषि तथा फलफूल फार्मको आधिकारिक फेसबुक पेजमा गइ म्यासेज वा उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गरि अर्डर लिन सकिने फार्मका प्रोप्राइटर बद्री प्रसाद तिमल्सिनाले बताउनु भएको छ ।
लकडाउनका कारण घरमै बस्न बाध्य भएका उपभोक्ताहरुलाई मकवानपुरमै उत्पादन भएको स्वच्छ तथा ताजा तरकारी उपभोक्ताको घरसम्म सहज र सुरक्षित तरिकाले पुर्याउने उदेश्यले म्यासेजको भरमा तरकारी घरमा पुर्याउन लागिएको तिमल्सिनाले बताउनु भयो ।
भोलिबाटै संचालन गर्न लागिएको यो कार्यको लागि भोलि बिक्री गरिने तरकारी र त्यसको मुल्यसुची समेत उल्लेख गर्नु भएको छ । जस अनुसार प्रतिकिलो : गोलभेडा रु. ७० , काक्रो २० , तनेबोडी ६० , सिमि ६० , बन्दा ३० , भेडेखुर्सानी ६० , पिरो खुर्सानी ८० र च्याउ १२० मा पाइनेछ ।