१७ मंसिर ,२०७८ मकवानपुरगढी गाउँपालिकाले यहि मंसिर १७ गतेदेखि पौष २ गतेसम्म १६ वर्ष उमेर पूरा गरि नेपाली नागरिकता लिएका तर मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि नाम प्रविष्टी गराउन लागेको छ । गाउँपालिकाले एक सुचाना प्रकाशित गरि उक्त जानकारी गराएको हो ।
भिडभाडलाई ब्यवस्थित गर्ने उदेश्यले वडागत रुपमा नामवलीलाई प्रविष्टी गर्न लागिएको गाउँ पालिकाले जनाएको छ । जस अनुसार पहिलो दिन मंसिर १७ गते वडा नं ३ , मंसिर १८ र १९ गते वडा नं ४ , त्यसैगरी मंसिर २० र २१ गते वडा नं ५ तथा मंसिर २२ र २३ गते वडा नं ६ लाई दिन तोकिएको छ । त्यस्तै मंसिर २४ र २५ गते वडा नं २ , मंसिर २६ र २७ गते वडा नं १ को काम हुनेछ भने मंसिर २८ र २९ गते वडा नं ७ र पौष १ र २ गते वडा नं ८ को लागि समय निर्धारण गरिएको छ ।
प्रत्येक दिन बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म गाउँपालिकाको पुरानो भवन अर्थात् हाल ३ नं वडा कार्यालय रहेको भवनको दोस्रो तलाबाट सो कार्य हुनेछ भने वडा नं ३ (गाउँपालिका केन्द्र रहेको वडा) बाहेक अन्य वडाबाट सोहि कामको लागि आउने ब्यक्तिहरुको लागि यातायात स्वरूप बसको ब्यवस्था गरिएको गाउँपालिकाले प्रकाशित गरेको सुचनामा जनाइएको छ ।
नाम प्रविष्ट गराउन आउने ब्यक्तिले नेपाली नागरिकताको सक्कली प्रमाणपत्र र त्यसको फोटोकपी लिएर आउनु पर्नेछ । बसाइँसराइ गरि आएको हकमा बसाइँसराइको सक्कलै र त्यसको फोटोकपी तथा बिबाह गरेको हकमा बिबाह दर्ताको प्रमाणपत्र र त्यसको फोटोकपी लिइ आउनु पर्नेछ ।
प्रदेश निर्वाचन कार्यालय, मकवानपुरको आयोजनामा मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७५ अन्तरगत सो कार्य हुन लागेको हो ।