1. मंसिर १६,२०७८मकवानपुरगढी गाउँपालिकामा मतदाता नामावली संकलन विशेष कार्यक्रम आज शुक्रबारदेखि सुरु भएको छ ।

    गाउँपालिका कार्यालयले मतदाता नामावली संकलनका लागि गाउँपालिकाको केन्द्र मक्राञ्चुलीमा कार्यालय स्थापना गरेको छ । पुरानो गाउँपालिका कार्यालयको भवन (हाल वडा कार्यालय)मा मतदाता नामावली संकलनका लागि कार्यालय सञ्चालन गरिएको हो । यही कार्यालयबाट आज १७ मंसिर शुक्रबारदेखि २ पुससम्म उमेर पुगेका नयाँ मतदाता नामावली संकलन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।
    गाउँपालिकाको ८ वटै वडालाई समयावधि तोकेर १६ वर्ष उमेर पुगेर नेपाली नागरिकता लिएका तर मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि नाम प्रविष्टी गराउन मतदाता नामवली संकलन कार्य सुरु गरेहो हो । मतदाता नामावली संकलनको पहिलो दिन मंसिर १७ गते वडा नम्बर ३ का वडाबासीको मात्रै नामावली संकलन गरिने भएको छ । ३ नम्बर वडाका १६ वर्षभन्दा माथिकाले नयाँ मतदाता नामावली बनाउन बिहान ८ बजेदेखि ५ बजेसम्म मक्राञ्चुलीस्थित कार्यालयमा पुग्नु पर्नेछ ।
    मतदाता नामावली प्रविष्ट गराउन आउने नागरिकले नेपाली नागरिकताको सक्कली प्रमाणपत्र र त्यसको फोटोकपी लिएर आउनु पर्नेछ । बसाईंसराइ गरी आएको हकमा बसार्इंसराइको सक्कलै र त्यसको फोटोकपी तथा बिबाह गरेको हकमा विबाह दर्ताको प्रमाणपत्र र त्यसको फोटोकपी लिई आउनु पर्नेछ । मंसिर १८ र १९ गते वडा नम्बर ४ का वडाबासीको नामावली संकलन गरिने छ ।
    मंसिर २० र २१ गते वडा नम्बर ५ तथा मंसिर २२ र २३ गते वडा नम्बर ६ का वडाबासीको मतदाता नामावली संकलन गरिने गाउँपालिकाको पञ्जिकरण शाखाकी मानकुमारी तिमल्सिनाले जानकारी दिइन् । यसैगरी, मंसिर २४ र २५ गते वडा नम्बर २, मंसिर २६ र २७ गते वडा नम्बर १ मा, मंसिर २८ र २९ गते वडा नम्बर ७ र पुस १ र २ गते वडा नम्बर ८ को लागि समय निर्धारण गरिएको छ । तोकिएको दिन सम्बन्धित वडामा गाउँपालिकाले बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
    बसले मक्राञ्चुली र पुनः वडासम्म पु¥याउने व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले सोधिखोजीलाई जानकारी दिए । उनका अनुसार १६ वर्ष उमेर पुगेकाले मतदाता नामावली संकलन कार्यक्रममा सहभागिता जनाउन पाउने र मतदाता परिचय पत्र भने १८ वर्ष पुगेपछि पाउने छन् । १८ वर्ष पुगेकालाई नयाँ मतदाता नामावली संकलन गर्न यो कार्यक्रम ल्याइएको हो । पुरानो मतदाताले कुनै कुरा सच्याउन परेमा भने गाउँपालिका आएर नहुने पुडासैनीले बताए ।
    ‘यहाँ नयाँ मतदाता नामावली मात्रै संकलन गरिने हो । १६ वर्ष उमेर माथिकाले मात्रै कार्यक्रममा सहभागिता जनाउने हो । पुरानाले मतदाता नामावलीमा हेरफेर गर्नुपरेमा जिल्ला प्रशासन वा निर्वाचन कार्यालय जानुपर्नेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्