कोरोना भाइरस फैलिन नदिन अन्तिम विकल्प “लकडाउनमा कडाइ”

मकवानपुर , कोभिड 19 अर्थात कोरोना भाइरसले आजसम्मको तथ्यांक हेर्दा संसारमा झन्डै २२ हजार २ सय ले ज्यान गुमाई सकेका छन् । जसमध्ये ईटालीमा मात्र ७ हजार ५ सय भन्दा धेरैले ज्यान गुमाई सकेका छन् ।
नेपालमा आज सम्मको तथ्यांकअनुसार ३ जना संक्रमित भएको जसमध्ये १ जना उपचार पछि घर फर्की सकेको र २ जना उपचाररत रहेका छन् । संक्रमित मध्ये सबै विदेशबाट फर्किएका मानिसहरु भएको र पछिल्लो समय विदेशबाट धेरै मानिसहरु नेपाल फर्किएकाले संख्या बढ्न सक्ने त्रास रहेको छ । अझ भारतमा संक्रमण फैलिन थालेपछि त्यहाँ बाट ठूलो संख्यामा कामको सिलसिलामा गएका मानिसहरू फर्किएका थिए भने सयौं ब्यक्ति क्वारेन्टाइन स्थानबाट भागेको खबरले थप जटिलता थपेको छ ।
हुन ता अहिले भारतमा पनि लकडाउनको स्थिति छ तरपनी खुल्ला सिमानाका कारण नेपाल प्रवेश गर्नेको निरन्तरता हुनसक्ने कुराको मनन गर्न जरुरी छ । नेपालमा लकडाउन गरिएको आज तेस्रो दिन सम्मको स्थिति हेर्दा कतिपय ठाउँमा लकडाउनलाई कडाई गरिएको छ भने कतिपय ठाउँमा नाम मात्र ।
लकडाउनले सबैभन्दा समस्या दैनिक ज्यालादारी गरि दैनिकी चलाउने श्रमिकहरुलाई पर्दछ तसर्थ त्यस्ता ब्यक्तिहरुको तथ्यांक निकाली तिनीहरुको दैनिक गुजाराको ब्यवस्था गर्न जरुरी छ , कुनै समय विशेष वा काम विशेषले बन्द हुँदा पास बनाई आवातजावत वा सवारी साधन चलाए जस्तो यो महामारीलाई ख्यालठट्टा गर्ने हचुवाको भरमा पास दिने अनि लिन पाउनेले गर्व गर्ने हो भने नेपाल कोरोना भाइरस ( कोभिड 19 ) ले सबैभन्दा क्षेती पुगेको देश बन्न बेर छैन । त्यसैले अहिले पनि समय छ अनावश्यक आवातजावतलाई पुर्णरुपमा बन्द गरि अत्यावश्यक बाहेकमा लकडाउनलाई थप कडाई गरौं ।

मनन गरौं कि म / हामी रहे सबै कुरा सम्भब छ ।

विचार