रेडियो मकवानपुरगढी – जिल्लाको गैर सरकारी संस्था ग्रामीण महिला सेवा केन्द्र हेटौडा मकवानपुरले आफुले संचालन गरेको नेतृत्व र निर्णय कार्यक्रम अन्तर्गत आफ्नो कार्यक्षेत्र रहेको स्थानीय तहमा गरेको कार्यक्रमहरुको पारदर्शिता स्वरूप उपलब्धि सहित लागत बजेट सर्वार्जनिक गरेको छ ।
पालिका स्तरमा सम्मजिक लेखाजोखा कार्यक्रम आयोजना गरि सो पालिका खर्च बिवरण तिनको उपलब्धि प्रतिवेदन सावर्जनिक गरेको हो कार्यक्राममा ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले हेटौडा उपमहानगरपालिका सन् २०२१ जुन बाट सन् २०२२ जुन सम्ममा ५३ लाख ८० हजार ९ सय ८३ रुपैया खर्च भएको तेस्तै मकवानपुरगढी गाउपालिकामा १२ लाख ४९ हजार १ सय ५४ यता मनहरी गाउपालिकामा १० लाख ५५ हजार ८ सय ५५ र बागमती गाउपालिकामा पनि कुल १७ लाख ९० हजार ५ सय ५६ खर्च भएको बजेट सावर्जनिक गर्नुभएको हो ।
हेटौडामा संस्थाकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षता कार्यक्रम भएको थियो कार्यक्रममा हेटौडा उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष सुशील घिमिरे वडा नं ३,१२,१३, १४, १५, १९ का वडा सदस्यहरु परिवर्तनका संवाहक व्यवस्थापन समिती संयोजक सदस्य, युवा संजालका सदस्यहरु ग्रामीण महिला सेवा केन्द्रका कार्यसमिति सदस्य कर्मचारी पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
यता मकवानपुरगढी गाउपालिकामा ग्रामीण महिला सेवा केन्द्रकी सचिब अचला शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष दार्जे लामा स्यांतानको प्रमुख आथित्यता तथा पालिका उपाध्यक्ष मान कुमारी पाख्रिनको बिशिष्ट आथित्यता वडा नं २ वडा अध्यक्ष बखानसिंह पाख्रिन वडा नं ५ वडा अध्यक्ष दिपेश दहालको आथित्यता प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी सहित विभिन्न साखाका प्रमुखहरु परिवर्तनका संवाहक व्यवस्थापन समिती संयोजक सदस्य युवा संजाल अध्यक्ष ग्रामीण महिला सेवा केन्द्रका कर्मचारी पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
तेस्तै मनहरी गाउपालिकामा ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष मेनुका घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आथित्यता वडा नं ३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्याल वडा नं ५ वडा अध्यक्ष दिपेन्द्र अधिकारी पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ सहित विभिन्न साखाका प्रमुखहरु परिवर्तनका संवाहक व्यवस्थापन समिती संयोजक सदस्य युवा संजाल अध्यक्ष ग्रामीण महिला सेवा केन्द्रका कर्मचारी को उपस्थिती रहेको थियो ।
र बागमती गाउपालिकामा ग्रामीणकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षता भएको कार्यक्रममा पालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाको बिशिष्ट आथित्यता वडा नं ४ का वडा अध्यक्ष दन्तलाल माझी वडा नं ७ का वडा अध्यक्ष उत्तर बहादुर भोलन वडा नं ८ का वडा अध्यक्ष केशब तिमल्सिना वडा नं ९ का वडा अध्यक्ष पूर्ण बहादुर घलान पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ सहित विभिन्न साखाका प्रमुखहरु परिवर्तनका संवाहक व्यवस्थापन समिती संयोजक सदस्य युवा संजाल अध्यक्ष ग्रामीण महिला सेवा केन्द्रका कर्मचारी को उपस्थिती रहेको थियो ।
कार्यक्रम ग्रमिणका एस वि सि सि सहजकर्ता अमिर दहालले संचालन गर्नुभएको थियो ।